काठमाडौँमा फेरी बढ्यो कोरोनाको कहर

Loading

पिपुल्स न्युज मिडिया प्रा. लि. काठमाडौँ

असार २८ गते । नेपालमा फेरि बढ्न थाल्याे को-रोना संक्रमित हुनेकाे सङ्ख्या, यस्ताे छ आज मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो चौबिस घण्टामा देशभर थप १७७ जना को- रोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ४१ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार १ हजार ८०५ जनाको पीसीआर नमुना परीक्षण गर्दा १४४ जनामा र १ हजार ३२१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९०, भक्तपुरमा १ र ललितपुरमा १३ गरी उपत्यकामा १०४ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ८७३ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ८५३ जना र संस्थागत आइसोलेसनमा २० जना रहेका छन् । त्यसैगरी आइसीयूमा ११ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Comment