स्थानीय निर्वाचनका सङ्केतहरु : उद्धवहरि अधिकारी

Loading

         यसपालिको स्थानीयनिर्वाचनमा आफूले मत दिएको उम्मेदवार रजनी थापा चुनाव हार्दा जति दुखी भएँ म, आफूले मत दिन नपाएका वालेन साहको जितमा त्यति नै खुशी भएँ । हर्षले पुलकित भयो मन ।धेरै भोटका बाक्सा गन्न बाँकी छँदै चुनाव जित्ने थुप्रै वालेन साहहरु, राजेशमानहरु, हर्क साम्पाङ्हरु, मनोजसाहहरु, गोपाल हमाल हरु, चुनावमै उम्मेदवार बन्दै सार्वजनिक भेलामा भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने र जितपछि मन्दिरमा गएर त्यस्तै कसम खाने राम थापाहरु र हारेर पनि राजनीतिक निष्ठा, साख, आदर्श जोगाउने धेरै जगन्नाथ पौडेलहरु सवैलाई लाखौं लाख सलाम छ ।

सलाम छ, नेपाली युवा मतदाताहरुलाई, जसले नातावाद, परिवारवाद, पैसावाद, जाति सम्रदायवाद र भ्रष्टाचारमा लिप्त स्थापित राजनीतिक दलका विरासत र बिर्तालाई अभियान मार्फत असफल मात्रै बनाएनन्, अस्वीकार समेत गरिदिए, तिनका मुद्दा र घोषणापत्रलाई कागजको खोष्टो सावित गरिदिए । भलै यो संख्या थोरै होला, अभियान सुषुप्त नै होला तर यसले दिएको सन्देश आशा र भरोसा लाग्दोछ । यस्तै आशा र भरोसाका आधार बनेका छन् , युवा नेपाली  मतदाताहरु।
यसपटकको निर्वाचनमा पहाडमा मधेस जितेको छ, मधेशमा पहाड जितेको छ, साम्प्रदायिकता र क्षेत्रीयता हारेको छ, राष्ट्रियताले जितेको छ, देशले जितेको छ, वर्ण, धर्म , सम्प्रदाय, क्षेत्रलाई काल्पनिक मुद्दा बनाएर बर्षौदेखि चुनाव जित्दै आएका राजनीतिक दलहरुले अव अरु नै नयाँ मुद्दा खोज्नुपर्ने भएको छ । चुनावमा उल्लेख्य मत र स्थान पाएर पनि ,रुन्चे स्वरमा धाधली भएको मनगढन्ते आरोप लगाउने एमाले स्थापित राजनीतिक दलमा अब्बल सावित भएको छ । सवै दलहरू एकातिर एमाले एक्लै अर्कोतिर हुँदा पनि तराजु एमालेतिरै ढल्किएको छ । दलीय रुपमा सिगो राष्ट्र नै तालमेलमा लागेको झैं लाग्ने परिवेशमा यिनका मतियार दलका हिसावहरु यसपालि बिग्रेका छन् ।समयमै जनमतको सन्देशलाई ग्रहण गरि आफूलाई नसच्याउने हो भने आगामी चुनावी यात्रा तिनीहरुका लागि महंगो मात्र होइन कष्टकर र अप्रत्याशित बन्ने कुरो पनि पक्का छ ।
              क्रमश:-
उद्धवहरी अधिकारीको फेसबुकवालबाट साभार

Leave a Comment