आमना फार्मेसीले नारायणी अस्पतालको चलखेल बिरुद्ध दायर गरे मुद्दा

Loading

पिपुल्स न्युज बिरगंज : नारायणी अस्पतालले मिति २०७८/०९/१३ मा प्रकाशन गरेका थिए टेन्डर र उक्त टेन्डर मिति २०७८/१०/१३ गते खोलिनु पर्ने समय टेन्डर खोलिएको मिति देखि १ महिना भित्र त्यस टेन्डर सोहि फर्मलाई टेन्डर पारि आशय पत्र जारी गर्नु पर्ने थियो ।

तर नारायणी अस्पतालमा कर्मचारी तथा सम्बन्धित निकायद्वारा भएको व्यापक चलखेलको कारण उक्त टेन्डर ३ महिना पछि मात्र मिति २०७८/१२/२५ गते खोलि हतार हतार मै औषधीको टेन्डर श्री हस्पिटल सर्भिस नेपाल प्रा.लि. लाई एकलौटि रुपमा टेन्डर पारि आशय पत्र निकालिएकोले अस्पतालको यस कार्यबाट त्यस टेन्डर बिरुद्ध अनलाईन मार्फत आमना फार्मेसी भन्ने फर्मले नारायणी अस्पताल बिरुद्ध चलखेलको आरोप लगाई एकलौटि फर्म स्विकृत गरिएको भनि मुद्दा दर्ता गरेको छ । प्रदेश २ अन्तर्गत पर्ने निकायहरुमा अनुगमन पार्दशि नभएकोले यस्ता मनपरि घटना भने सामान्य हुने गरेको छ ।

Leave a Comment