अब जनताको दुख़ हेर्न सक्दिन : पूर्व राजा ज्ञानेन्द्र

Loading

पिपुल्स न्युज काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको बताएका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताएका हुन् ।

वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ । तर, चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो, बुधबार जारी गरिएको सन्देशमा भनिएको छ ।

नेपालीको घर–घरमा बढ्दो महंगी र थपिदा आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको उनको भनाइ छ।

सन्देशमा भनिएको छ, हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् ।

नेपालीको घर घरमा बढ्दो महंगी र थपिदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो ।

उनले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने औंल्याएका छन्।

Leave a Comment