अन्लाइन ठगि गर्ने माथि फेरी पर्दै बज्रपात हदै सम्मको कारबाही

Loading

पिपुल्स न्युज काठमाडौं । हालका युबाहरुमा रातारात करोड़ो कमाउने मनसाय अनुसार गलत बाटो हिन्दा पनि कानुन र परिवार सबै मौन हुने गरेको पाइयो अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङ रंगेली नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेनकुमार मण्डललाई आइतबार पक्राउ गरेको हो । सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।

लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटीपी कोड लिई रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ । उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Comment