झन तनाब पेट्रोल लिटरको २२५ रुपैयाँ पुर्याउने तयारी

Loading

पिपुल्स न्युज : काठमाडौं । नेपाल एक चमत्कारी देश र रुसमा पेट्रोलियम पदार्थको मूल्यमा उच्‍च वृद्धि हुने तयारी गरेको छ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा उच्च वृद्धि हुने रुसले चेतावनी दिएको हो ।

रुसले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्‍चा तेलको मूल्य तीन सय डलरसम्म पुग्‍न सक्ने चेतावनी दिएको छ । एक ब्यारेलमा १५९ लिटर हुन्‍छ । कच्‍चा तेलको मूल्य प्रतिलिटर १.८८ अमेरिकी डलर अर्थात २२५ रुपैयाँ हुन्‍छ ।

साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकको भनाई छ ।

बीबीसीका अनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ । युक्रेनमा जारी लडाईँ तत्काल रोकिने कुनै सम्भावना छैन ।

युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच सोमबार मात्रै तेलको भाउमा व्यापक वृद्धि भएको थियो ।

सोमबार रुस–युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३८ डलर पुगेको थियो । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ ।

Leave a Comment