हद भन्दा बढी लोभले सरकारको तलब खाएर भेट्न थाले निजि अस्पतालमा

Loading

पिपुल्स न्युज बिराटनगर : करिब ४ वर्षदेखि कार्यालयमा अनुपस्थित एक डाक्टरलाई सेवाबाट हटाउने तयारी गरिएको छ । विराटनगरस्थित कोशी अस्पतालका डा. ओमविजु पन्तलाई सेवाबाट हटाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले गत मंसिर २१ गते सार्वजनिक सूचना जारी गरी डा.पन्तसँग स्पष्टीकरण मागेको थियो । उहाँले पेश गर्नुभएको स्पष्टीकरण सन्तोषजनक नभएकोले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३को व्यवस्था अनुसार भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी मन्त्रालयले गरेको छ । सेवाबाट हटाउनु पर्ने कुनै कारण नभए प्रमाणसहित स्पष्टीकरण पेश गर्न आज सूचना जारी गरिएको छ । करिब ४ वर्षसम्म कार्यालयमा अनुपस्थित नवौँ तहका अधिकृत डा.पन्तले ललितपुरको मेडिसिटी अस्पतालमा काम गर्दै आएको खुलेको छ । पन्त कन्सल्टेण्ट रेडियोलोजिष्ट हुनुहुन्छ ।

Leave a Comment