सुचना अभियन्ता तथा पत्रकार कैलाश माझीलाइ ज्यान मार्ने धम्की तथा हत्या प्रयासमा छानबिन हुँदै, को को छन शंकाको घेरामा ?‎

Loading

‎पिपुल्स न्युज : सप्तरीको सप्तकोशी नगरपालिका ११ भगनिका पत्रकार एवम् सुचनाको हकका अभियन्ता कैलाश माझीलाई ज्यान मार्ने धम्कीको बिषय देशव्यापी हुँदा समेत स्थानीय ‎पालिका मौन रहेकाे छ।‎

ज्यान मार्ने धम्कीपछि जिल्ला प्रहरी कार्यालयले छानबिन शुरु गर्दा समेत यस बिषयमा सप्तकोशी नगरपालिकाले कुनै पनि किसिमको प्रतिक्रिया नदिएकोप्रति स्थानीयले ‎आशंका व्यक्त गरेका छन । पत्रमा सुचनाको माग गरेर पालीकालाई दुःख दिएको बिषय उल्लेख भएकाले यसमा माझीले अत्याधिक सूचना माग गरेका स्थानीय तह र यस ‎अन्तर्गतका निकायहरुमा सबैको नजर देखिन्छ ।

सप्तकोशी नगरपालिकामा पटक पटक बिभिन्न शिर्षकमा सूचनाको माग गर्दै आएका अभियन्ता माझीलाई यस अघि ‎‎सप्तकोशी नगरपालिकाले साइबर क्राईमको अभियोगमा उजुरी गरेको थियो । यस्तै माझीले ६ बर्षदेखि बिदेशमा बसेका विद्यार्थीलाई एस.ई.ईमा उतिर्ण गराउने सप्तकोशी ‎‎१० भगनीको श्री जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक श्याम नारायण चौधरीको बिरुद्धमा राष्ट्रिय मिडियामा समाचार प्रशारण गरेका थिए ।

यसैगरी सप्तकोशी ९ ‎कमलपुर स्थित श्री आधारभूत विद्यालयका प्रधानाध्यापक ब्रम्हदेव चौधरीले विद्यालय प्रांगणमा मदिरा सेवन गरेको विषयलाई लिएर समाचार सम्प्रेषण गरेका थिए । यस्तै ‎गंगाजलीखोलामा अबैध बालुवा उत्खननको बिरुद्धमा बिगत केही बर्षदेखि बिरोध गर्दै आएका थिए। उपरोक्त घटनाक्रमसँग जोडिएका व्यक्तिहरुबाट उनलाई यसअघि ‎‎सम्झाउने, चेतावनी दिने र भेटेर धम्की दिने कार्य समेत भएको माझी बताउछन । यतिबेला छानबिनमा रहेको यो बिषयले राष्ट्रिय स्तरमा चर्चा पाएको छ।

सूचनाको ‎हकका लागि राष्ट्रिय महासंघले विज्ञप्ती निकालेर आपत्ति प्रकट गरेको छ । माझी सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका सदस्य, जागौँ नेपाल मधेस प्रदेशका सदस्य ‎‎सचिवका साथै पिपुल्स न्युज र अन द स्पोट न्युजका सप्तरी संवाददाताका रूपमा कार्यरत छन् । गत मंगलबार बिहान भगनी स्थित आफ्नो घरको कोठाबाहिर भेटिएको ‎उक्त पत्र रात्री १२ देखि ५ः३० को बीचमा राखिएको हुनसक्ने उनको अनुमान छ ।

उनी भन्छन, “म राती करिव ११ः३० बजे तिर सुतेको हुँ, बिहान ५ः३० मा उठेर ढोका ‎खोल्दा ढोका बाहिर चप्पल नजिकै पहेँलो खाममा पत्र भेटेँ। मेरो बिचारमा यो पत्र रात्री १२ देखि ५ः३० को भित्र राखिएको हुनुपर्छ ।” पत्र भेटेपछि यस बिषयमा उनले न्यूज २४ ‎मा प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँग मार्फत जानकारी गराएका थिए भने जिल्ला प्रशासन कार्यालय राजबिराज मार्फत आफ्नो सुरक्षाको लागि माग गरेका थिए । ‎

____के छ पत्रमा ? ‎____
‎# स्थानीय तहहरुमा फोन मार्फत तथा इमेल मार्फत सूचनाको लागि पटक पटक पत्र आउने गरेको‎

‎# सूचना नदिने र पैसा नदिने स्थानीय तहहरुलाई सामाजिक सञ्जाल मार्फत बदनाम गर्ने गरेको‎

# यो पत्रको बेवास्ता गरे घरमै आई गोलि हानेर हत्या गरिने, घमा आगो लगाइदिने‎
कैलाश माझीको घरमा किलर समूहकै व्यक्ति निगरानी गरिरहेको, फोन ट्«याक गरि सूक्ष्म अध्ययन गरिरहेको‎

# यो पत्र मिडियाबाजी गरेको खण्डमा वा प्रहरीमा खबर गरेको परिणाम मृत्युबाट चुकाउनुपर्ने‎

‎# सफाईका लागि भारतीय नं. ००९१–८९६२२०७५१० मा सम्पर्क गर्नुपर्ने‎
‎(प्रकाश यादवः मधेशी भाइरस किलर समूह, कुनौली भारत)‎

Leave a Comment