सालिकरामका वकिलद्वारा रविसहित तिनै जनालाई ५ वर्ष कैद माग

Loading

Peoples News पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्मह*त्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आ त्म ह त्यामा दुरु त्साहन गरेको कसूरमा मु द्दा पेश गरिएको हो । अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ । पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा आत्मह*त्या दुरु*त्साहन मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ ।

आज अभियुक्त अस्मिता कार्की (रुकु) को बयान सकिएको जिल्ला अदालत चितवनले जानकारी दिएको छ । चितवन जिल्ला अदालतका अनुसार आइतबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । सुरुमा अस्मिताको बयान लिइएको छ । बयानका क्रममा अस्मिताले पुडासैनीको आत्मह*त्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् ।

पुडासैनीले भिडियोमा भनेका कुराहरु कपोलकल्पित भएका कारण मैले सफाई पाउनुपर्छ भन्दै उनले अदालत सामु माग राखेकी छन् । समयको कमीले गर्दा बाँकी दुइजनाको बयान आज हुन् सकेन । बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो । अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । hearald magzine

Leave a Comment