सडकमा माग्दै हिड्ने रानु बनिन बलिवुडकी गायिका

Loading

Peoples News सामाजिक संजालले धेरैको जीवनमा परिवर्तन लियाएको छ बाटोमा हिड्दै गित गाउँदै हिड्ने अशोक दर्जीलाई पनि सोशल मिडियाले नै चर्चित गरायो र उनको जीवनमा उदाहरणीय परिवर्तन आयो । तेस्तै केही समयअघि सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडिओ भाइरल भएको थियो।

रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ एति सम्म भाइरल भ्यो कि बलिउडसम्म मा उनको चर्चा सुरु भयो। भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा एक युवकले रानुको गित सुनेर उनका फ्यान भए तर विडम्बना रानु तेसरी गित गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन्।

त्यो युवाले रानुलाई फेरी गित गाउनुस भनेर चिया र बिस्कुट खिलाए अनि फेरी गित गाउन लगाए । रानु ले पनि बलिउडको पुरानो चर्चित गित ‘एक प्यारका नग्मा है’ भन्ने गित गाइन त्यो युवाले रानुले गाएको गित रिकर्ड गरेर सामाजिक संजालमा हाले ।

सामजिक संजालमा यो गित र रानु एति भाइरल भ्यिन कि उनको बलिउड यात्रा सुरु भइसक्यो । बलिउडका चर्चित नाम हिमेश रेश्मियाले आफ्नो आउने चलचित्रको गितमा रानु संग गितको रिकर्ड गरेका छन् । उक्त गीतको भिडियो क्लिप पनि अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

Leave a Comment