![]()
पिपुल्स न्युज डटकममा सप्तरी सम्बाददाताको रुपमा कार्यरत कैलाश माझीलाई राती घरमै आएर केही आफुलाई भुमिगत समुह बताउने गिरोहले भ्रष्टाचार सम्बन्धि रिपोर्टिङ गरेको भन्दै पत्रमार्फत ज्यान मार्ने धम्की दिइएको हो । पत्रकार माझी सञ्चारकर्मी र सक्रिय सूचना अधिकारकर्मी समेत हुन । उहाँ लामो समयदेखि सप्तरी जिल्लाको नगरपालिका, सामुदायिक विद्यालय र अन्य सार्वजनिक कार्यालयमा सूचनाका लागि सूचना माग्दै आउनु भएको छ । माझीले भने, ‘म प्राप्त सूचनालाई समाचारको रुपमा प्रष्टाउन र जनतालाई समाजमा भइरहेको सार्वजनिक समस्याबारे सचेत गराउँन प्रयोग गर्छु तर बिहानै घरको ढोकाबाहिर एउटा चिठ्ठी देखेँ । जसमा मधेशी भाइरस कुलार समूहको नाममा हस्ताक्षर भएको चिठ्ठीमा मलाई मार्ने काटने जस्तो धम्कीले भरीपुर्ण शव्दहरु लेखिएको पाए ।
पत्रमा लेखिएको तिमीले लामो समयदेखि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई ब्ल्याकमेल गर्दै आलोचनात्मक समाचार प्रकासित गरिरहेको छौ । तसर्थ, यो तिमिलाई अन्तिम चेतावनी हो, यदि तिमिले यो पत्रलाई बेवास्ता गर्यौ र पुलिस वा मिडियालाई खबर गर्यौ भने, हामी तिमिलाई तिम्रैघरमा गोली हान्नेछौं। तत्पश्चात रिपोर्टर माझीले स्थानीय प्रहरी, प्रशासनलाई जानकारी गराएर आफ्नो सुरक्षाको माग समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारीले घटनाको छानबिन गर्ने आश्वासन दिएका छन्,’ उनले भने । यो घटना प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हक हनन भएको भन्दै पिपुल्स न्युज मिडिया घोर भ्रत्सना गर्दछ । प्रत्येक नागरिकलाई सार्वजनिक निकायमा सूचना माग्ने अधिकार भएतापनि सूचनाको प्रयोग समाचारको प्रतिवेदनमा संवैधानिक रूपमा स्वतन्त्र प्रेसको हक सुनिश्चित गरिएको छ ।
यस्तो घटनाले पत्रकारहरूमा त्रास पैदा गर्छ र सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पुर्याउँछ । तसर्थ यस घटनाको निष्पक्ष छानबिन गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकायलाई पिपुल्स न्युज सम्बन्धित निकायहरुमा जोडदार आग्रह गर्दछ ।
