![]()
पिपुल्स न्युज काठमाडौं : वार्षिक २ करोड भन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्ती सहकारी संस्थाको कर्मचारी हुन नपाउने भएको छ ।
सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्तीको एकाघर संगोलका व्यक्तीहरु पनि संस्थाको कार्यकारी प्रमुख वा अन्य कर्मचारीको रुपमा काम गर्न रोक लगाएको छ ।
सहकारी विभागले आइतबार एकीकृत निर्देशन जारी गर्दै रोक लगाएको हो । विभागले सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा (४) मा रहेको व्यवस्था अनुसार नै एकीकृत निर्देशनमा पनि राखेको हो । त्यस्तै सहकारीको कर्मचारीको हैसियतले सञ्चालक समिति, उप समितिको बैठकमा समेत भाग लिन रोक लगाएको छ ।
निर्देशन अनुसार सहकारी बैंकको हकमा नेपाल राष्ट्र बैंककोा निर्देशन बमोजिम हुने उल्लेख छ । तर, मताधिकार प्रयोग नगर्ने गरी कुनै समितिको सदस्य सचिवको रुपमा कार्य गर्न निर्देशनले बाधा नपुर्याउले उल्लेख छ ।
कपी सहकारी खबर बाट