ओलीलाई प्रचण्डको फोनः तपाईंले निर्णय नगरी भएन

Loading

People’s News kathmandu : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन अनुरोध गरेका छन् । बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख ‘विष्णु रिजाल’ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन । जवाफमा ओलीले एमसीसीका सम्बन्धमा एमाले धारण स्पष्ट रहेका बताए । ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ। ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं, भनेर लिखित कागज नै गर्नुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै सामाजिक सञ्जालमा उनले भने,‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नूस्। नेकपा (एमाले) त निर्णय गरिहाल्छ । विदेशीले सोधून् वा स्वदेशीले नेकपा (एमाले)को धारणा स्पष्ट रहेको ओलीको भनाइ थियो। लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ।

Leave a Comment