![]()
पिपुल्स न्युज काठमाडौंः काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर विजोर प्रणाली लागू गरे पनि यसले झन् जोखिम निम्त्याएको छ। सवारीसाधनमा भी’डभा’ड बढेपछि जोर विजोर प्रणालीको धेरैले विरोध गरिरहेका छन
भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भी’डभा’ड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर-बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने जानकारी दिए। सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भी’डभा’ड बढाउने बताउँछन्।