![]()

People’s News काठमाडौं : एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशतले वृद्धि गरी २ सय ७३.४६ अर्ब पुर्याएको छ। २२.०४ अर्बले वृद्धि गरी कुल निक्षेप संकलन २ सय ९९.३४ अर्ब पुर्याउन सफल भएको छ। 


बैंकले यस त्रयमासमा २.४० अर्ब खुद मुनाफा आर्जन गरेको छ। जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत छ। जुन २७ वटै वाणिज्य बैंकमा सबैभन्दा बढी रहेको दाबी गरिएको छ। बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४१.४३ आर्जन गरेको छ। कोभिड–१९ को विषम परिस्थितिमासमेत कर्जा असुलीमा उत्साहजनक नतिजा हासिल गरेर निष्क्रिय कर्जालाई ०.४७ प्रतिशतमा सीमित राखेको छ।
यो अवधिमा ५ लाख नयाँ खाता थप गर्दै ३३ लाख खातामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ३ सय ५८ शाखा कार्यालय, ४ सय ७३ एटीएम, ७० विस्तारित काउन्टर एवं ८१ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको बनाइएको छ।