![]()

पिपुल्स न्युज काठमाडौं, ८ माघ । आज बसेको बिशेष बैठक्ले भोलि आइतबार देश भर बिदा दिने निर्णय गरेको छ विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ । शर्मा २०५४ चैत देखि २०५६ मंसिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश थिए ।


२०३१ सालमा जनसेवा पदक र २०३४ सालमा गोरखा दक्षिण वाहुबाट सम्मानित शर्माले २०१५ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । २०१७ सालमा कानूनमन्त्रालयको शाखा अधिकृतबाट बढुवा हुँदै उनी विभिन्न अदालतको न्यायाधीश भएका थिए ।
बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।
यसैबिच, सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।
सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको उल्लेख गरेको छ । न्युज कारखाना