गणतन्त्र आए पश्चात नेता मात्र धनि बने देश र जनता गरिबी रेखा मुनि भन्दा नि तल गए

Loading

पिपुल्स न्युज काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले कम्युनिष्ट र कांग्रेसको समाजवादले नेपाली समाज रूपान्तरण नहुने बताएका छन् । शुक्रबार काभ्रेमा आयोजित सुज अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट र कांग्रेसले पहिल्यैदेखि समाजवाद भन्दै आएका छन्, तर समाजवादचाहिँ आएको छैन,’ मन्त्री श्रेष्ठले भने, ‘समाजवादको नाममा धेरै मन्त्री भए, प्रधान मन्त्री भए, नेता भए, राजनीतिक नियुक्तिहरू पाए । तर, समाजवाद भने आएन । यसले नेताहरूलाई मात्रै धनी बनायो ।’

सिंहदरबार पसेपछि नेताहरू एकाएक धनी हुने मन्त्री श्रेष्ठको भनाइ छ । याे समाजवादकाे खिलाफमा भएकाे उल्लेख गर्दै उनले थपे, ‘तर, उत्पीडित वर्ग, गरिबीका रेखामुनि रहेका वर्गहरूको उत्थान भने उनीहरूले गरेनन् । तपाईं हेर्नुभयो भने हिजो गाउँबाट आएका नेताहरू सिंहदरबार पसेपछि माथि पुग्छन् । त्यसैले अब यो मोडेलको समाजवादले देश बन्दैन ।’

कोशी पारिको जिल्ला हुम्लाको प्रसङ्ग जोड्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘माथि डाँडामा फाटेको जुत्ता र फाटेको टोपी लगाएर जाँदै गरेका दाइ खुसी छन् कि छैनन् । समाजवादले यही खाेज्छ । सबैमाझ समान सुविधा, शिक्षा र खुसीहरू पुग्नुपर्छ । उनीहरूको अनुहारमा खुसी देखिन्छ कि देखिँदैन । त्यही नै हो समाजवाद । याे अब हाम्राे पार्टीले मात्रै गर्न सक्छ ।’

जनता समाजवादीले कम्युनिष्ट र कांग्रेसको भन्दा फरक समाजवाद चाहेको मन्त्री श्रेष्ठले बताए । ‘हामीले समाजवाद जनताका लागि चाहेका हौँ, नेताका लागि होइन,’ उनले भने, ‘गरिब, निमुखा र पिछडिएकाहरूका लागि हामीले समाजवादको कुरा गरेको हो ।’

जनता समाजवादीले भनेको समुन्न संघीय समाजवादले मात्रै अब नेपाली समाजलाई अघि बढाउन सक्ने दाबी मन्त्री श्रेष्ठको थियो । Online खबर बाट

Leave a Comment