![]()

पिपुल्स न्युज काठमाडौं । नेपालमा आज कोरोना भाइरसका ४३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनामा पीसीआर परीक्षण गरिएकोमा ३७० जनामा र ३ हजार ५५२ जनामा एन्टीजेन परीक्षण गर्दा ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन ।

त्यस्तै, आज २३९ जना कोरोना मुक्त भएको छ । मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी देशमा हालसम्म ५ हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा २ लाख ४६ हजार ३८५जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
