सिट बेच्दा पनि पार्टीलाई फाइदै फाइदा किन्नेको समेत लर्को

Loading

पिपुल्स न्युज काठमाडौं । राष्ट्रिय सभाको यहीँ माघ १२ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित जस्तै छ । एक दुई ठाउँ बाहेक सबै ठाउँमा गठबन्धनले क्लीन स्वीप गर्ने अवस्था छ । गठबन्धनमा सीटहरु पनि भागवण्डा हुँदैछ ।

जसमा जसपाले पनि केही सीट पाउँदैछ । ति सीटमा उम्मेदवार बन्नु भनेको राष्ट्रियसभा सांसद बन्नु निश्चित हो । यस्तोमा जसपाका अध्यक्ष उपेन्द्र यादवले मोलमोलाइ गरिरहेको सूचना प्राप्त भएको छ । मधेस आन्दोलनमा सहादत प्राप्त गरेका परिवारबाट वा घाइते, पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई टिकट दिएर योगदानको कदर गर्नुको सट्टा उपेन्द्रले पैसामा धनाढ्यसँग मोलमोलाइ गरिरहेको पाइएको छ ।

राष्ट्रियसभा चुनावको भागवण्डा टुंग्याउन सत्ता गठबन्धन छलफल चलिरहेका बेला उपेन्द्रले पार्टी टिकट बेच्नतिर लागेका हुन् । यसैक्रममा उपेन्द्र यादवले राष्ट्रियसभाको एक सीटका लागि सडक विभागका पूर्व डीई महाजन यादवसँग डिल गरिरहेका छन् ।

निकटस्थ नेताहरुका अनुसार महाजन यादवसँग तीन करोडमा डिल भइरहेको छ । त्यसो त महाजनका दाई श्रीकृष्ण यादव पनि मधेस आन्दोलनमा लगानी गरेका नेता हुन् । तमलोपाका तत्कालीन कोषाध्यक्ष श्रीकृष्ण सडक दुर्घटनामा मारिएका थिए ।

यस हिसाबले श्रीकृष्णका भाइ महाजनसँग पनि पैसा लिनुपर्ने थिएन । तर पार्टीमा योगदान गरेका नेता कार्यकर्ता छाडेर उनै धनाढ्य महाजनसँग उपेन्द्रले टिकट बेच्न खोजिरहेको तर मूल्यमा कुरा नमिलेको एक नेताले दाबी गरे ।

‘टिकटमा करोडौंको मोलमोलाइ भइरहेको छ । यसरी त पार्टी कहाँ पुग्ला ?’ उनले प्रश्न गरे ।

Leave a Comment