मलखादमा अर्बौको भ्रस्टाचार पश्चात मल कारखाना खोल्ने तयारीमा कृषि मन्त्रि

Loading

पिपुल्स न्युज काठमाडौं । जनमत पार्टीले किसानलाई समयमा सहज रुपले मलखाद उपलब्ध गराउनुपर्ने भन्दै आन्दोलन सुरु गरेपछि कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवले नेपालमै मलको कारखाना खोल्ने प्रक्रिया अगाडी बढाएका छन् ।

मन्त्री यादवले संसदको अर्थ समितिमा उनले कारखाका लागि १ खर्ब २५ अर्ब अनुमानित लागत पेस गरेका हुन् । हरेक नयाँ कृषिमन्त्रीले रासायनिक मलको कारखाना खोल्ने रटान लाए पनि नतिजामुलक काम भने भएको छैन ।

समितिले पुँजीगत खर्च कम हुनुको कारण र उपायको विषयमा छलफल गरेको थियो । मन्त्री यादवले मल अभाव रोक्न स्वदेशमै कारखाना खोल्ने तयारी भइरहेको जानकारी गराएका हुन् ।

कारखानाका लागि ग्यास वा विद्युतमध्ये के प्रयोग गर्ने छलफल भइरहेको उनको भनाइ छ । मलमा पनि तेलको जस्तै स्वचालित मूल्य बनाउनुपर्ने पनि उनले बताएका छन् ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने लगायतका ११ सुत्रिय माग गर्दै मधेसमा जनमत पार्टी आन्दोलित छ । सो पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राखेका हुन् ।

Leave a Comment