उपभोक्ताको स्वास्थ्य संग प्रत्यक्ष रुपमै खेल्दै कम्पनि

Loading

पिपुल्स न्युज : धेर भन्दा धेर कमाउने लोभको कारण उपभोक्ता पूर्ण रुपमा ठगिएको हुदा हुदै पनि सरकार मौन रहेर त्यस्ता व्यक्ति वा कम्पनीलाई खुल्ला भ्रस्ट बन्न अनुमति दि रहेको प्रस्ट देखिन्छ हालै नेपालगञ्ञ्मा मापदण्ड पूरा नगरी सञ्चालित दर्जनभन्दा बढी पानी उद्योग कारबाहीमा परेका छन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीमा समेत उद्योगबाटै लापरबाही भएको पाइएको हो।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मंसिर तेस्रो साता गरिएको संयुक्त अनुगमनका क्रममा १५ वटा पानी उद्योग कारबाहीमा परेका हुन्।

१५ वटा पानी उद्योगमध्ये ५ वटाको उत्पादन बन्द, दुई वटाको सिलबन्दी, दुई वटा नवीकरण प्रक्रियामा आएको र ६ वटा उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टोलीले मंसिर १७ देखि २६ सम्म गरेको अनुगमनमा श्री नेपाल पानी उद्योग, ड्यु ड्रप ड्रिकिङ वाटर इन्डस्ट्रिज, सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जय माँ वैष्णवी पानी उद्योग, अनमोल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू सगरमाथा पानी उद्योग, अक्वा नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिज, एचओ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, आरआर ड्रिंकिङ वाटर इन्डस्ट्रिज, आरम्भ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, मुक्तिनाथ ड्रिंकिङ वाटर इन्डस्ट्रिज, जेके ड्रिंकिङ वाटर इन्डस्ट्रिज, न्यू लहर ड्रिंकिङ वाटर इन्डस्ट्रिज र जिया नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रिजले मापदण्ड पूरा नगरेका हुन्।

कारबाहीमा परेका पानी उद्योगले मापदण्ड पूरा गरेर निवेदन दिएमा संयुक्त टोलीको पुनः अनुगमनपछि मापदण्ड पुगेको देखिएमा मात्रै सञ्चालन गर्न दिइने प्रजिअ खत्रीले बताए। उत्पादन रोक्का गरिएको श्री नेपाल पानी उद्योगलाई भने मापदण्ड पूरा गरेकाले सञ्चालनको अनुमति दिइएको छ।

Leave a Comment