![]()

People’s News, Kathmandu
लोकतन्त्र, समाजवाद …….
हुनत कुनै पनि कुरा निर्विवाद हुँदैन । हालै कृयाशील/क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर सामान्य विवाद देखिनु स्वभाविक पनि हो लोकतन्त्रको अभ्यासमा तर अहिले विभित्र स्तरको समिति गठन, पुनःर्गठन गर्ने क्रममा गाउँ/नगरमा देखिएको यूवा सहभागिताले नेपाली काँग्रेसमा उर्जा शक्ति थपिएको छ र उत्साहजनक स्थिति देखापरेको छ । यो अवस्था कहिलेसम्म रहला त ? यो भने चासोको विषय नै रहेको छ ।
विगतमा पनि पटक–पटक बहुमतको सरकार बनाई सकेका नेपाली काँग्रेस आफ्नै आन्तरिक कमी कमजोरीका कारणले सोचे–भने अनुसारको लक्ष्य र उद्देश्य प्राप्त गर्न नसकी सरकार असफल बिफल हुने गरेका घटनाहरु प्रशस्तै घटेका देखिन्छन् । गत पछिल्लो पटक संघ, प्रदेश र स्थानीय तीनै तहको निर्वाचनमा पनि उम्मेद्वार छनौट प्रकृया लगायत् अन्य आन्तरिक कमी कमजोरीकै कारण राष्ट्रकै जेठोबाठो, ठूलो दल नेपाली काँग्रेस प्रमूख प्रतिपक्षी दल वा प्रमूख प्रतिपक्षको भूमिकामा पनि बस्न नसकिने अवस्थासम्म आईपुगेको हो/थियो ।
आन्तरिक खिचलोकै कारण पूर्व प्रधानमंत्री के. पी. ओली संसद विघटनको अवस्थासम्म आई पुग्यो र ओली नेत्तृत्वको बहुमतको सरकार अन्ततः असफल/बिफल भएरै छाड्यो/रह्यो र अहिले प्रधानमंत्री शेर वहादुर देउवाको नेत्तृत्वमा माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत्का दलहरु समेटी सहकार्यमा सरकार गठन भएको छ । सरकारमा आएसंगै/लगतै दल विभाजन सम्वन्धी अध्यादेशको विषयलाई लिएर विवादित् बनेको प्रधानमंत्री शेर वहादुर देउवा नेत्तृत्वको सरकारलाई पूर्णता दिन हम्मे–हम्मे भईरहेको बेला पूर्णता दिने क्रममा गजेन्द्र हमालको नियुक्तिको विषयलाई लिएर प्रधानमंत्री देउवा पुनःफेरि विवादास्पद हुन पुगे/विवादित् बत्र पुगे र अनैतिक कार्य गरेको अपयश पनि खेप्नु प¥यो । हमालले पनि तुरुन्तै ४८ घण्टाभित्रै राजीनामा दिनु प¥यो ।

किन यसरी विवादित्वि वादास्पद बन्छन् प्रधानमंत्री, उसले नेत्तृत्व गरेको सरकार र दल ? सबै नहोलान् तर प्रायः जसो नेपाली काँगे्रसका नेता–कार्यकत्र्ताहरु जननायक बी. पी. कोईरालालाई बिर्सिसकेका छन्, त्यस्तै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई पनि चट्टक्कै बिर्सिसकेका छन् र अनैतिकता, अराजकता, निरंकुशतन्त्र, सामन्तवाद र रुढि़वादलाई आत्मसात गरेका छन्अँ/गालेका छन् । जबसम्म यी कुराहरुमा सुधार हँुदैन दिनानुदिन नेपाली काँग्रेसको अवस्था झन्झन् दयनीय हँुदै जान्छ र अस्तित्व नै खतरामा पर्न जान्छ । छिमेकी मित्र राष्ट्र भारतमा पनि काँग्रेसआईको अवस्था दयनीय छ ।
नेपाली काँग्रेसको मात्रै अवस्था यस्तो छैन प्रायः सबैजसो दलहरुको अवस्था यस्तै नै छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्तै प्रजातन्त्र, जनताको बहुललीय जनवाद (जबज), नौलो जनवाद, गणतन्त्र, संघीयताको नारा दिनेहरुको अवस्था पनि यस्तै नै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नाम मात्रको छ । नारामै सिमित छ । झन् यो समाजवादलाई त जेठो दल नेपाली काँग्रेसदेखि लिएर कम्यूनिष्ट र अन्य दलहरु नेपाल कम्यूनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (ने.क.पा. ए.मा.ले.), नेपाल मजदूर किसान पार्टी (ने.म.कि.पा.), नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवादी–लेनिनवादी (ने.क.पा. मा.ले.), नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी आदि जस्ता धेरै दलहरु माइला, साइला, काइला, ठाइला, अन्तरे , मन्तरे, जन्तरे, लखनतरे लगायत् कनिष्ठ कान्छो दलहरु राष्ट्रिय जनता पार्टी (रा.ज.पा.), जनता समाजवादी पार्टी (ज.स.पा.) र लोकतान्त्रिक समाजवादी पार्टी (लो.स.पा.) समेत सबैले दुरुपयोग गरेका छन् । ब्यवहारमा समाजवाद देखिदैन ।
सामाजिक रुपान्तरण भएको पाईदैन । नेता–कार्यकत्र्ताहरु आपै परिवर्तन भएको छैन, हुन सकेको छैन । सामन्तवाद, रुढि़वाद, जातिवाद, लिङ्गभेद, रङ्गभेद, अन्धविश्वास, आडम्वर, अराजकता, अन्याय, अत्याचार, भ्रष्टाचार अझै ब्याप्त छ । राजनैतिक क्रान्ति गर्ने नेता–कार्यकत्र्ताहरु साँस्कृतिक क्रान्ति गर्न सकेको छैन, गर्न सकिरहेको छैन । समय सापेक्ष साकारात्मक सोचविचार अँगाल्न सकेको छैन÷देखिदैन । जबसम्म यस्तो स्थिति रहिरहन्छ, नेता–कार्यकत्र्ताहरुको पुरातनवादी कट्टरपन्थी सोचविचार–ब्यवहार परिवर्तन हँुदैन, सामाजिक रुपान्तरणमा जोड दिइदैन तबसम्म राजनीतिक दलहरु यसरी नै ओझेलमा पर्दै जानेछन् र अनन्त कालसम्म दुःखको सागरमा तरिरहने छन्÷दुःखको भूमरीमा पर्नेछन् ……. ! तसर्थः समयमै सोचविचार, ब्यवहार परिवर्तन गरि सचेत हुनु अत्यन्त जरुरी छ ।