कोरोनाले फेरी लिन थाले ज्यान एक सय सात जान पुगे आइसियोमा

Loading

पिपुल्स न्युज : पछिल्लो २४ घन्टामा २ सय ५  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० हजार ७४७ नुमना परीक्षणमध्ये २०५ जनामा संक्रमण देखिएको छ।

सोही अवधिमा भने ४३६ जना संक्रमुक्त भएका छन्। यो सँगै नेपालमा ८ लाख ४५ हजार ४४ जना संक्रमुक्त भइसकेका छन्।

आज देशभर ६ हजार ५०७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार १६३ होम आइसोलेसन र ३४४ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २८ भेन्टिलेटरमा सहित १०७ जनालाई आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो विवरण अनुसार थप एक जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाले ११ हजार ५४१ को ज्यान लिइसकेको छ।
आज देशभर ५७ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घन्टामा ५७ हजार ९३० जनाले कोरोनाको खोप लगाएका छन्।

Leave a Comment