देशकाे नेतृत्व अव युवालाइ

Loading

People’s News आजका दिनसम्म आइपुग्दा पनि देशमा किन युवा पुस्ताले देशको नेतृत्व गर्न सकेन ? युवालाई पालो दिनु पर्छ भनेर ज्ञान दिने नमुना पार्टीको रूपमा प्रस्तुत हुन खोजिरहेका छौं। देश अहिले राजनीतिक माहोलले तातिरहेको छ। नेकपा एमालेबाहेक सबै पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा होमिरहेका छन्। त्यसमध्येमा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भइरहेको छ। देशले नयाँ शक्ति, नयाँ सोच र नयाँ परिकल्पना, नयाँ ऊर्जा खोजेको छ। हिन्दू राज्य नेपाललाई कायम गर्न, संघीयताविरुद्धको सवालमा र राजसंस्थालाई प्रतीक बनाउँदै आफ्नो एजेन्डालाई सुनिश्चित गर्न राप्रपा तल्लीन छ ।

त्यसमा पनि देशको माग, वर्तमान राजनीतिक परिस्थिति र नेपाली जनताको इच्छा आकांक्षामा पनि राप्रपाले राखेका एजेन्डा जो समयसापेक्ष रहेको कुरा स्मरण गराउन चाहन्छु। त्यसैमध्ये अहिले देशको परिस्थिति मात्रको कुरा होइन, पार्टीभित्र पनि नयाँ शक्ति, नयाँ जोसका युवाको सवालका कुराहरूमा लाग्नु परेको अवस्था छ। राप्रपामा युवाको शक्ति र जोसलाई अनि राप्रपाका कुरालाई जनमानससम्म पु¥याउनु आजको आवश्यकता पनि हो ।

वर्तमान सन्दर्भमा अहिले हुन लागिरहेको र भइरहेको यस राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय महाधिवेशन जसलाई एकताको महाधिवेशनका रूपमा लिइएको छ। हुन त यो पार्टी दुई पार्टीको जोडले एकता भन्न खोजिएको हो। अझ यो पार्टीमा शीर्षनेता पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष कमल थापा तीन अध्यक्षको एकताले नेपालीमाझ राम्रो सन्देश गएको छ। अहिले हुन गइरहेको एकता महाधिवेशनमा त्यति मात्रले नपुग्ने भएपछि अब देशमा युवा शक्तिको खाँचो देखिएको छ। यो एजेन्डालाई अझ साथर्कता दिन युवा पुस्तालाई पनि पालो दिन लागिएको हो ।

देशको मागलाई मनमा राखेर युवा शक्तिलाई कसरी बढीभन्दा बढी प्रयोग गर्ने भन्नेमा अहिलेको महाधिवेशन केन्द्रित छ। हरेक पार्टीमा पनि युवा जोस किन नेतृत्व वर्गसम्म पुग्नका लागि खाली खम्बाको रूपमा मात्र रहन्छन् ? यो अहं प्रश्न बनेको छ। नेतृत्व गर्नुपर्छ भन्ने कुरामा हामीले युवा पुस्तालाई पालो दिन खोजेका हौं। हामीलाई पार्टी र एजेन्डाको आकार बढाउनु छ। अन्य पार्टीको दाँजोमा पनि आकार बन्नु छ। यी सबै कुरालाई मनन् गर्दा पनि राप्रपाको एजेन्डा हेरेर साँच्चै युवाले नै देश चलाउने हो भन्नेमा दुई मत छैन। अन्य देशका तुलना गर्दा भर्खरका युवाले प्रधानमन्त्रीको रूपमा विभिन्न देश चलाइरहेको पनि सर्वविदितै छ ।

नेपालमा अन्य पार्टीले पनि गर्न नसकेको अवस्थामा हामी देश चलाउने युवाहरू छन् भन्ने प्रमाणित गर्न चाहन्छौं। यसरी अरू युवालाई पालो दिनु पर्छ भनेर ज्ञान दिने नमुना पार्टीको रूपमा प्रस्तुत हुन खोजिरहेका छौं। आजका दिनसम्म आइपुग्दा पनि देशमा किन युवा पुस्ताले देशको नेतृत्व गर्न सकेन ? त्यसमा अरू पार्टीको ध्यान केन्द्रित नहँुदा हामीले भने युवा पुस्तालाई पालो दिन खोजेका हौं। पार्टीले हरेक नेपालीको मनमुटुमा बुढाको पार्टी मात्र नभएर युवाको पालो आउनुपर्छ भन्ने निर्णय गरेको हो।

Leave a Comment