बुस्टर डोज दिने सरकारको तयारी

Loading

People’s News काठमाडौं: सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेका बेला सरकारले पनि त्यसको तयारी थालेको हो । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुस्टर डोज दिने सम्बन्धमा छलफल भइरहेको बताए ।  उनका अनुसार सम्भवतः आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उनले बताए । ‘बुस्टर डोजको विषयमा क्याबिनेटमा प्रस्ताव लैजाने तयारी छ । ओपन गर्ने तयारी छ। सेडुअल बनाएर अघि बढछौं,’ उनले भने । मन्त्री खतिवडाले बुस्टर डोज सम्बन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको बताए। प्रधानमन्त्री देउवाले सो सम्बन्धमा प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनले बताए ।

Leave a Comment