नारी एक पिरचय : भगवती मरर, सप्तरी

Loading

नारी
पिपुल्सन्युज :
लेखक : पंडित भगवती मरर सप्तरी ।

हिन्दू धर्मशास्त्रमा नारी/महिलालाई स–सम्मान गरेको पाईन्छ । आश्विन शुक्लपक्ष प्रतिपदा तिथिमा घटस्थापनासंगै महान् चाड़ दशैं शुरु हुन्छ । घटस्थापनामा शैलपुत्रीदेवी, द्वितीयामा ब्रह्मचारिणीदेवी, तृतीयामा चन्द्रघण्टादेवी, चतुर्थीमा कूष्माण्डादेवी, पञ्चमीमा स्कन्दमातादेवी, षष्टीमा कात्यायनीदेवी, सप्तमीमा कालरात्रीदेवी, महाअष्टमीमा महागौरीदेवी, महानवमीमा सिद्धिदात्रीदेवी अर्थात् नौ दिनसम्म दुर्गाभवानीको नौवटा रुप र विजयादशमीमा दुर्गाभवानी भगवतीमातादेवी विधिपूर्वक पूजि देवी विसर्जन गरिन्छ । यो देश, काल, ठाउँ र समुदाय अनुसार फरक पनि हुनसक्छ । यस्तै तिहारमा महालक्ष्मी पूजिन्छ । श्रीपञ्चमी/बसन्त पञ्चमीमा सरस्वती पूजिन्छ, पूजाआराधना गरिन्छ तर अहिलेको समयमा नारी अपहेलित नै छिन् ।

हुनत नारी उत्थान र हक–अधिकार सम्वन्धी कार्यहरु नभएका होईनन् । सतीप्रथा, देउकीप्रथा, छाउपड़ीप्रथा/छाउगोठप्रथा विरुद्ध सह्रानीय एवम् प्रशंसनीय कार्यहरु भएका छन् । जसका लागि धेरै–धेरै धन्यवाद् । यस्तै राज्य सञ्चालन तथा सञ्चार लगायत् राज्यका विभित्र अङ्ग तथा निकायहरुमा नारी सहभागिता जस्ता ऐतिहासिक, उल्लेखनीय र महत्वपूर्ण कार्यहरु भएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन अर्थात् यो पर्याप्त भएन, छैन ।

पैत्तृक सम्पतिमा समान अधिकार नहुनु तर विवाह पूर्व दान, अपुताली वा अन्य ब्यवसायबाट, स्वरोजगारबाट स्वआर्जनले कमाएको सम्पतिमा विवाह पश्चात् श्रीमान्/श्रीमतीको समान अधिकार हुनुले नारीमाथि अन्याय भएको छ । राज्य षड्यन्त्र वा राज्य पक्षले अन्यायमा परेकी नारीलाई सहयोग गर्न सकिरहेको छैन ।

त्यस्तै आमाको नामबाट पनि नागरिकता पाउन सकिने भनिए तापनि आमाको सनाखत वा नामबाट आमाको अभिभावकत्वमा नागरिकता प्रमाणपत्र पाउन छोराछोरीलाई साह्रै गाह्रो छ । भने जस्तो सजिलो छैन । झन् कथित् कुमारी आमाको सन्तानलाई त बिजोग ………. ! कुमारी आमालाई हेर्ने दृष्टिकोण अहिले पनि उस्तै छ, । परम्परागत शैली, अपहेलित हुन्छिन् घर/गाउँ/समाजमा तर कुमारी आमालाई पनि धर्मशास्त्रमा सम्मान गरेको पाईन्छ । कुन्तीपुत्र कर्ण कुमारी आमाकै सन्तान हुन् । कुमारी अवस्थामै कर्णलाई कुन्तीले जन्म दिएकी थिईन् । सूर्यदेव दर्शनको प्रभावले पुष्प कुमारी गर्भधारण गरि कुमारीमै जीमूतवाहनलाई जन्म दिईन् ।

यसको कथा पनि लगभग कर्ण जस्तै छ । पराशर मुनिसंगको संसर्गले मत्स्य कन्याँकी गर्भवाट जन्म भएकी वेदव्यास कुमारी आमाकै सन्तान हुन् । प्रभु येशू कुमारी आमा मरियमकै सन्तान हुन् । तसर्थः यो कुरा प्रष्ट छ कि धर्मशास्त्रले कुमारी आमा र तिनका सन्तानलाई आदरसम्मान गरेको छ/गरेका छन् तर अहिलेको समाजले हेला गरेको पाईन्छ । घटनाको सम्पूर्ण दोष नारीमाथि थुपार्ने प्रवृत्ति अहिले पनि छँदैछ ।

कथित् एकल महिला÷एकल नारीको दुःख/ब्यथा, समस्या उस्तै छ । सामाजिक कुरीति, बिकृति, बिसंगति, बेथिति, परम्परावादी परम्परागत कट्टरपन्थी सोचविचार र संस्कारले गर्दा एकल महिला/नारी कदर र सम्मान पाउनबाट बञ्चित् भएकी छिन् । कथित् एकल महिला/नारी हुने बित्तिक्कै सिन्दूर, चुरा, पोते, लाक्षाभरण त्याग गर्नु पर्ने; रातो वा रङ्गीन वस्त्र त्याग गरि सेतो वस्त्र धारण गर्नु पर्ने, ब्रह्मचारिणी जीवनयापन ब्यतित् गर्नु पर्ने अर्थात् ब्रह्मचर्य धर्म पालन गर्नु पर्ने बाध्यता अहिले पनि बिद्यमान छ, छँदैछ ।

यसको विपरित धर्मपत्नी/श्रीमती देहत्याग गर्दा/स्वर्गवास हुँदा जिवित पुरुष श्रीमान्ले सेतो वस्त्र धारण गर्नु नपर्ने, छोराछोरी भए पनि अर्की भित्रियाउन पाइने, घर छाड्नु नपर्ने तर नारीले हाँसखेल गरे घरै छाड्नु पर्ने । कस्तो विभेद्कारी संस्कार ? एक्काईसौँ शताव्दीमा पनि यस्तो कुसंस्कार छँदैछ । त्यसैले अझै पनि अर्धसतीप्रथा जिवितै छ, कायमै छ, प्रष्ट छ, जगजाहेर छ भत्रु पर्छ भत्रे यो पंक्तिकारको ठहर छ जबकि दशैंको टीका लगाई दिने बेला नारीलाई भत्रे गरिन्छ/भद्रमस्त शिवं चास्तु महालक्ष्मी प्रसीदतु । रक्षतु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।। ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तुते ।। जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी । जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते ।। तर ब्यवहारमा यस्तो देखिदैन, टीका लगाउने बेला मात्र यसरी देवीको रुपमा सम्मान गरिन्छ । यसरी टीका र जमरा लगाउने चलन÷परम्परा विजयादशमीदेखि पूूर्णिमासम्म चलिआएको छ, रहिआएको छ ।

यौन ब्यवसायीहरुको अवस्था पनि दयनीय नै छन् । बेलाबेलामा राज्य पक्षबाट कारवाहीमा पर्ने गर्छिन् यौन ब्यवसायीहरु । राज्य पक्षले गैरकानूनी कार्य र अवैध सम्वन्ध भत्रे तर यौन ब्यवसायीहरु मेरो शरीर मेरो अधिकार, हाम्रो शरीर हाम्रो अधिकार …….. ! मैले पनि आफ्नो रगत–पसिना बगाई मेहनत गरी कमाएकी छु, खाएकी छु, लाएकी छु, कसैसित माग्न गाकी छैन, ठगेकी छैन, चोरेकी छैन, लूटेकी छैन, आफ्नै शीप र पौरखले बाँचेकी छु; राज्यले ईजाजतपत्र र करदाता प्रमाणपत्र दिए मर्यादित ब्यवसाय गरि राजीखुशीले कर तिर्छु÷तिर्छौं त्यसमा के आपति भत्रे गर्छिन् । राज्यले यसलाई निर्मूल पनि गर्न सकिरहेको छैन नत कुनै नयाँ ठोस विकल्प र समाधान नै दिएका छन् अथवा दिन चाहेका छैनन् । स्वतन्त्रता, समानता र भाइचाराबाट परै राखिन्छिन् नारी ……. !

प्रगतिशील जनगायक/जनताका गीतका गायक स्व. जित बहादुर खड्का÷जे. बी. टुहुरेले गाएको गीत स्मरण गर्छु÷हुन्छ — “आमा, दिदी–बैनी हो ! कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर ……. ?” ……. आफ्नै पौरख गर्छिन् ……. ठूलाठूला सन्तान यिनैले जन्माउँछिन् तर पनि अँध्यारोमा जीवन बिताउँछिन् । वास्तवमा अहिलेसम्म पनि दासी र सुखको प्यासी नै छिन् आमा, दिदी–बैनीहरु ……. ! अँध्यारोमै जीवन विताउन (जिउन) बाध्य छिन्, विवश छिन् । कहिले हट्ने होला यो अन्धकार ? कहिले होला सामाजिक रुपान्तरण ? कहिले होला साँस्कृतिक रुपान्तरण ? यस्ता–यस्ता समस्याहरुले त राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र समाजवाद वा संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै प्रश्न चिन्ह उठ्छ ।

जहाँ नारीमाथि शोषण, दमन, अन्याय–अत्याचार हुन्छ, जहाँ नारी अपहेलित हुन्छिन्, भईरहन्छिन् त्यहाँ राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र समाजवाद कमजोर हुँदै जान्छ तसर्थः समयमै सचेत हुनु अत्यन्त जरुरी छ किनकी अवको क्रान्ति साँस्कृतिक क्रान्ति हुनेछ , विश्व युद्धै भएपनि साँस्कृतिक युद्ध हुनेछ, साइबर युद्ध भएपनि÷गरेपनि साँस्कृतिक साइबर युद्ध हुनेछ । त्यसैले समयमै सचेत भई साँस्कृतिक रुपान्तरणमा विचार पु¥याऔँ । सबैले यो कुरा मनन गर्ने बेला भएको छ — “नविनत्तम् एवम् साकारात्मक सोचविचार, सुख–समृद्धि–चौतर्फी दिगो विकाश र शान्तिको मूल आधार” !

त्यस कारण सबै मिलेर हाम्रा कुरीति, बिकृति, बिसंगति, बेथिति र कुसंस्कारलाई निर्मूल पारी विश्व जगतमा हाम्रो देश नेपाललाई संसारको सर्वोच्च शिखर सगरमाथाको देश मात्रै होईन नविनत्तम् एवम् साकारात्मक सोचविचार अनुसार सामाजिक रुपान्तरणसहितको साँस्कृतिक रुपान्तरण भएको कुरीति, बिकृति, बिसंगति, बेथिति वा कुसंस्कारविहिन÷कुसंस्काररहित देश भनेर चिनाउन सक्नु पर्छ, चिनाउन सकौं ।

Leave a Comment