फोटो सहितको मतदाता नामावली संकलन १५ दिने कार्यक्रम संचालन : कैलाश माझी सप्तरी

Loading

पिपुल्स न्युज
मंसिर १७ गते शुक्रबार ।
कैलाश माझी सप्तरी

सप्तरी जिल्लामा अवस्थित सप्तकोशी नगरपालिकाले मंसिर १७ गते शुक्रबार देखि आगामी महिनाको ०२ गते शुक्रवार सम्म फोटो सहितको मतदाता नामावली संकलन गर्ने विशेष १५ दिने कार्यक्रम संचालन गर्न गरेकाका छन । मंसिर १७ गते देखि पुष ०२ गते सम्मका लागि १५ दिने फोटो सहितको मतदाता नामावली संकलन बिशेष कार्यक्रममा आफ्नो नाम दर्ता गराउनुहुन नगरपालिकाको कार्यालयमा गइ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइ आफ्नो मताधिकार सुनिश्चित गर्नुहुन सप्तकोशी नगरपालिकाको कार्यालयले एक सूचना सार्वजनिक गर्दै सम्पुर्ण नागरिकमा अनुरोध गरेका थिए ।

सप्तकोशी नगरपालिकाले तलका निम्न मितिमा निम्न वडा हरुको मतदाता नामावली संकलन गर्ने कार्य थालेका थिए ।
( २०७८ मंसिर १७ गते देखि १९ गते सम्म वडा नं. १ र २ मा ।
( २०७८ मंसिर २० गते देखि २२ गते सम्म वडा नं. ३, ४ र ५ मा ।
( २०७८ मंसिर २३ गते देखि २५ गते सम्म वडा नं. ६, ७ र ८ मा ।
( २०७८ मंसिर २६ गते देखि २८ गते सम्म वडा नं. ९, १० र ११ मा ।
( २०७८ मंसिर २९ गते देखि पुष ०२ गते सम्म छुट हुन गएका १ देखि ११ वडाका सम्पुर्ण ।

उक्त मतदाता नामावली संकलन कार्यक्रममा विगतमा मतदाता नामावलीमा नाम दर्ता गराउन छसटेका १६ बर्ष पुगेका सम्पुर्ण नेपाली नागरिकले आफ्नो नागरिकता लिएर मतदाता नामावली संकलनहुने केन्द्रमा गइ फोटो सहितको मतनामावलिमा आफ्नो नाम दर्ता गराउन पाउनेछ्न । जसमा १६ बर्ष उमेर पूरा गरि नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण संकलन हुने कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ बर्ष उमेर पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समाबेश गरिनेछ्न ।

Leave a Comment