न्यायाधिशको इजलाश बहिस्कार अधिबक्ता बीच हानाहान

Loading

पिपुल्स न्युज : सर्वोच्च अदालतमा न्यायाधीशले इजलास बहिष्कार गरेको विषयलाई लिएर अधिवक्ताबीच कुटाकुट भएको छ। इजलास बहिष्कारको विषयलाई लिएर अधिवक्ता भूमिनन्द चुडाललाई अधिवक्ता विराट न्यौपानेले नेपाल बार परिसरमा कुटेका हन्। अधिवक्ता चुडालले न्यायाधीशले इजालस बहिष्कार गर्न नमिल्ने बताएका थिए। अधिवक्ता न्यौपानेले भने नेपाल बार एसोसिएसनको निर्णयको समर्थन गर्दै न्यायधीशको अघोषित इजलास बहिष्कारको समर्थन गरेका थिए।

मध्याह्न साढे १२ बजेको समयमा कुटपिटका क्रममा अधिवक्ता चुडालको कोट च्यातिएको छ। उनले कानुनी प्रक्रियामा जाने बताएका छन्। अधिवक्ता चुडालले इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए।

‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले। मेरो कोट पनि च्यातिएको छ। बहस गर्न आएको थिएँ । अब म कानुनी प्रक्रियामा जान्छु,’ घटनापछि अधिवक्ता चुडालले  भने। अधिवक्ता चुडालले सञ्चारमाध्यममा प्रतिक्रिया दिने क्रममा अधिवक्ता न्यौपानेले हात हालेका थिए।नयाँ पत्रिकाबाट

Leave a Comment