![]()
People’s News : करिब दुई वर्षअघि सुरु भएको फोरजी अलपत्र अवस्थामा छ । त्यसमा टेलिकमले २० अर्बको लगानी गरेको छ । तर अझै सञ्चालनमा आउन सकेको छैन । तर टेलिकमले फाइभजी परीक्षण गर्ने तयारी सुरु गरिसकेको छ । टेलिकमले २०१९ फेब्रुअरीमा देशव्यापी रूपमा तीव्रगति र उच्च क्षमताको डाटा ट्रान्सफर गर्ने फोरजी सुरु गरेको थियो । यो टेलिकमको लाइफलाइन प्रोजेक्ट मानिएको थियो । तर, टेलिकम व्यवस्थापन पक्ष फोरजी सञ्चालन गर्नतर्फ ध्यान नदिई फाइभजीको परीक्षण सुरु गर्ने घोषणा गरेको छ । ‘फोरजी सेवा एक वर्षमा सम्पन्न गर्ने टेलिकमको लक्ष्य थियो तर, अढाई वर्ष हुँदासम्म पूर्वाधार निर्माणसम्म भएका छैनन् । 