काठमाडौं उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण खोला किनारका बस्ती डुबानमा

Loading

People’s News : काठमाडौं उपत्यकामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी आएको छ । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । खोला किनारका बस्ती डुबानमा परेका छन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । 

Leave a Comment