जसपा भन्दा लोसपा पार्टी मजबुत छ : अध्यक्ष महन्थ ठाकुर

Loading

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी,  नेपाल (लोसपा)  अध्यक्ष महन्थ ठाकुरले आउँदो निर्वाचनमा आफूहरूको दल उल्लेख्य मतसहित विजयी हुने दाबी गरेका छन् ।  उनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा) भन्दा आफुहरूको पार्टी मजबुत रहेकोसमेत बताएका छन् । जसपाभन्दा हामी बलियो छौं । हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन । जनतालाई विश्लेषण गर्न दिनुपर्छ । आगामी निर्वाचनले परिणाम देखाउने छ, हामी तराई–मधेसमा पहिलो शक्ति बन्छौं,’ उनले भने । जसपाबाट विभाजित भएर ९ भदौमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको यो दलमा खुल्नका लागि आयोगले २२ भदौसम्मको समयसीमा तोकेको छ । जसपाबाट लोसपामा लागेका जनप्रतिनिधि र प्रदेश सांसदहरू नयाँ दलमा रहन सनाखतका लागि बुधबार निर्वाचन कार्यालय जाने भएपछि लोसपाका अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकसाथ जनकपुर पुगेका हुन् ।

Leave a Comment