बिक्री भयो पोखराको मणिपाल शिक्षण अस्पताल

Loading

पिपुल्स न्युज : मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि. ले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ  । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले अस्पतालको स्वामित्व लिएका छन्  । पौडेलले शुक्रबार अस्पताल खरिद–बिक्री सम्झौता गरेको बताए  । बतासको ६० प्रतिशत र आफ्नो ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेको उनले बताए  ।

ठुलालाई चैन सानालाई ऐन १ अर्व कर बाँकी रहदा सम्म के हेरेर बसे सरकर

नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि. बीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियोे  । सम्झौता भएको मितिले ४९ वर्षपछि भाडामा लिएको जग्गामा बनेका संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी २०५१ सालमा सञ्चालन गरेको अस्पताल मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो  ।

सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरु गरेको थियो । अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा सञ्चालनमा छन्  । अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक एक सय विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ  । नेपालमै पहिलोपटक निजी क्षेत्रको लगानीमा स्थापना भएको मणिपाल मेडिकल कलेज अस्पतालमा सात सय ५० बेड सञ्चालनमा छन्  ।

मेडिकल कलेज सञ्चालन गर्न लगानीकर्ता बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति भएको छ  । अस्पतालमा अहिले नौ सय कर्मचारी छन्  । पश्चिमका मानिस मेडिकल साइन्स पढ्न काठमाडौं वा अन्यत्र जान नपरोस् भनेर मेडिकल कलेजमा लगानी गरेको पौडेलले बताए  । आफूहरूले स्वामित्व लिएपछि अस्पतालमा न्युरो र मुटुको उपचारमा विशेष ध्यान दिने बताए  ।

अस्पतालले सरकारलाई करिब एक अर्ब कर तिर्न बाँकी रहेको अटोवेज ग्रुपका अध्यक्ष पौडेलले बताए  । सरकारलाई तिर्नुपर्ने करको दायित्व पनि आफूहरूले नै लिएको उनको भनाइ छ  । अस्पतालको ऋण छैन, करिब एक अर्ब करको दायित्व छ,’ उनले भने, ‘त्यो दायित्व हामीले नै ग्रहण गर्छौँ,’ पौडेलले भने  ।

Leave a Comment