जापानको खोप पनि नेपाल आउने

Loading

जापानले दिने खोप केही दिनभित्रै नेपाल आइपुग्ने

People’s News : जापान सरकारले नेपाललाई दिने भनिएको खोप केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ। नेपालस्थित जापानी दूतावासले बिहीबार एक विज्ञप्तl जारी गर्दै अबको तीन–चार दिनमा खोप नेपाल आइपुग्ने जनाएको छ । दूतावासका अनुसार खोप २१ देखि २३ अगस्टभित्र काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई १६ लाख १४ हजार सात सय ४० डोज खोप दिँदै छ। प्रतिबद्धताअनुरूप आठ लाख डोज खोप यसअघि नै नेपाल आइपुगिसकेको छ । विज्ञप्तिमा प्रतिज्ञा गरेभन्दा धेरै खोप दिन सकेकोमा खुसी व्यक्त गर्दै खोप सहयोगलाई जापान र नेपालको मित्रताको प्रतीकका रूपमा  उल्लेख गरिएको छ ।

Leave a Comment