सुचना आयुक्त महेन्द्र मान गुरुङ्ग तथा जागौं नेपाल राष्ट्रिय अभियानको जुमभर्चुअल मिटिङ्ग : कैलाश माझी

Loading

पिपुल्स न्युज/भदौ/सप्तरी कैलाश माझी । यहि मिति २०७८-०५-०३ गते बिहिवार परेको रास्ट्रिय सुचना दिवसको अवसरमा रास्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त महेन्द्रमान गुरुङ ज्युको प्रमुख अतिथिमा जागौ नेपाल रास्ट्रिय अभियानले जुम भर्चुअल मार्फत आयोजना गरेको सुचनाको हक सम्बन्धि कार्यक्रममा बुद्धिजिवि, समाजसेवी, युवाबर्ग, पत्रकार लगायत हजुरहरु सम्पुर्णको उपस्थितिका लागि जागौ नेपाल रास्ट्रिय अभियान हार्दिक अनुरोध गर्दछ आयुक्त गुरुङ द्वारा अनलाइन प्रविधि बाट सूचनाको हक सम्बन्धि बिस्तृत जानकारी दिने प्रशिक्षण कार्यक्रममा तपाइँलाई लागेका प्रस्नहरु सिधा आयुक्त समक्ष राख्नसक्नुहुनेछ । हरेक सरकारी निकायका कार्यपालिका, न्यायपालिका, ब्यबस्थापिका तथा सरकारका सम्पुर्ण सार्वजनिक कार्यालयहरुमा आम सर्वसाधारण नागरिकहरुको के कस्ता तरिकाले सूचनाहरु प्राप्त गर्न सकिन्छ भन्ने विषयमा सिधा प्रस्न सिधा जवाफ प्रमुख सूचना आयुक्त संग । सूचना के हो ? सूचना किन माग्ने ? सूचना कसरी माग्ने ? सुचना नपाए के हुन्छ र आम नागरिकमा सुचनाको पहुच कस्तो छ तथा नागरिकको अधिकार लगाएत बिबिध कुरा सुन्नै र बुझ्नै पर्ने कार्यक्रम सूचनाको हक र यसमा सूचना आयोगको भुमिका बिषयक प्रशिक्षण कार्यक्रममा सबैजना उपस्थित हुनुहोला । १००० क्षमताको मात्र जुम भएको हुदा समयमानै सबैजना उपस्थिति भइ कार्यक्रमको लाभ लिनुहोला ।

आशा छ तपाईं जोडिएर सूचनाको हक सम्बन्धी धेरै कुरा सिक्नुहुनेछ ।

हजुरहरुको उपस्थितिका लागि पुनः जागौ नेपाल रास्ट्रिय अभियान परिवार बिनर्म अनुरोध गर्दछौं ।

कार्यक्रममा उपस्थिति हुनकालागी तलको आइडीमा गइ जोडिनुहोला ।

मिति : २०७८-०५-०३ गते दिउँसो १ बजे ।

zoom id: 6606664270 Password: pss

बिस्तृत जानकारीका लागि ।

आयोजक जागौ नेपाल रास्ट्रिय अभियान

अध्यक्ष : दिपक आचार्य फोन नं. : 9851079239  

Leave a Comment