कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ संक्रमित थपिए

Loading

People’s News : काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार ३३ पीसीआर परीक्षणमा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षणमा ११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ।

यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ। यस्तै आइतबार २ हजार ३९६ जना निको भएका छन् । शनिबार मात्रै कोरोनाबाट १९ जनाले ज्यान गुमाएका थिए भने ३२ सय १८ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ पुगेको छ। ८०२ जनाको सघन उपचार कक्षामा उपचार भइरहेको छ भने १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

savar link

Leave a Comment