संस्कृति सम्बर्द्धन र प्राकृतिक खानाको महत्त्व उजागर गर्दै खिर खाने कार्यक्रम सम्पन्न ।

Loading

रविन्द्र ढुंगेल : काठमाडौको उत्तरी गोकर्णेश्वर नगरपालिकामा केन्द्रिय कार्यालय रहि विगत २० बर्षदेखि विविध सेवामूलक कार्यहरू गर्दै आएको नेपाल वृद्ध तथा अपांग महिला सेवा केन्द्रको आयोजनामा श्रावण -१५ अर्थात खिर खाने कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता गोकर्णेश्वर नगरपालिका- वडा नम्बर,८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले गर्नुभएको थियो । त्यस्तै विशेष अतिथ्यता सोही वडाका वडा सदस्य नन्दलाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य भावना ठकुरीको समेत उपस्थित रहेकोे थियो ।

संस्थाको तर्फबाट डि.पि ढकालद्वारा संचालन गरिएको सो कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्न र भावी पुस्तालाई समेत सांस्कृतिक परम्पराको महत्त्व उजागर गर्न जोड दिएको थियो । अर्गानिक गाइको दुधमा विविध जडिबुटी सहितको मसला प्रयोग गर्दै तयार गरिएको खिर स्वास्थ्यलाई फाइदा गर्ने भएकोले स्वादको लागि मात्र भन्दापनी शारिरिक स्फुर्तिको लागि खिर सेवन उत्तम मानिने कुरालाई महत्त्व दिदै प्रमुख अतिथि ढुंगाना तथा सभापति ढुंगानाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अर्गानिक खानेकुराबारे जनचेतना जगाउन आवश्यक रहेको र संस्थाले जनस्वास्थ्य तथा जिविकोपार्जन र अन्य हरेक किसिमका सेवामूलक कार्यहरु गर्ने कुरामा संस्थाका अध्यक्ष ढुंगानाले जोड दिनुभयो ।


कार्यक्रममा संस्थाका सचीव नारायण ब. थापा, कोषाध्यक्ष रविन्द्र केसि, बोर्ड सदस्य कृष्ण प्रसाद ढकाल, सदस्य सूर्य कुमारी तामाङ, सदस्य फुलमाया मगर, सदस्य सरिता खतिवडा तथा सदस्य देविका शर्मा राजउपाध्यायको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य सदस्य देविकाले गर्नुभएको थियो भने पत्रकार रवीन्द्र ढुंगेलले समेत उपस्थिति जनाउनुभएको थियो ।

आपसी भाइचाराको भावना विस्तार गर्दै सम्पन्न कार्यक्रममा ४० जना लगभगको सक्रिय सहभागिता रहेको थियो । संस्थाको कार्यालयमा नै सम्पन्न कार्यक्रममा सहभागीहरुलाई खिर , तरकारी तथा फलफूल खुवाउँदै संस्थाले दिवस मनाएको छ ।

1 thought on “संस्कृति सम्बर्द्धन र प्राकृतिक खानाको महत्त्व उजागर गर्दै खिर खाने कार्यक्रम सम्पन्न ।”

Leave a Comment