![]()
रवीन्द्र ढुंगेल , बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत दोलखा जिल्लालाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गर्नुभएको छ । आज सदरमुकाम चरिकोट एक कार्यक्रम आयोजना गरेर हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय सरस्वती बस्नेतले प्रदेश सरकार जनताको स्वास्थ्य सुरक्षाप्रती जिम्मेवार रहेको बताउनुभएको छ । माननीय मन्त्री बस्नेतले जि.स.स. दोलखामार्फत दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहलाई स्वास्थ्य तथा सुरक्षा सामग्री हस्तान्तरण गर्नु भएको हो।
