संसद् विघटन प्रकरण : न्यायाधीशमाथि प्रश्‍न उठेपछि इजलास विवाद

Loading

People’s News : काठमाडौं : संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासका केही न्यायाधीशमाथि प्रश्‍न उठेपछि अहिले इजलास विवादबारे बहस भइरहेको छ। यो विवाद टुंगिएपछि  संसद् विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुचारु हुनेछ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँचजनाको संवैधानिक इजलासमा  सुनुवाइ सुरु भएको हो ।  आजको इजलासमा पनि रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका थिए । न्यायाधीश श्रेष्ठले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेका थिए। सोही कारणले न्यायाधीश श्रेष्ठ अहिले संवैधानिक इजलासमा बस्न नमिल्ने तर्क कानुन व्यवसायीले गरेका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो। प्रधानन्यायाधीश राणाले शुक्रबार निवेदकका तर्फबाट सहभागी कानुन व्यवसायीलाई १० मिनेटभित्र बहस सकाउन निर्देशन दिएका थिए। संसद् पुनरस्थापना र विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तको माग गर्दै ३० वटा मुद्दा सर्वोच्च अदालतमा दायर भएका छन् ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ  छन् । L

Leave a Comment