कोरोना निको हुने कुरा साँचो वा षडयन्त्र

Loading

पिपुल्स न्युज : काठमाडौं : असार आउनै लाग्दा सरकारले कोरोना माहामारी भन्दा पनि कर उठाउने तिर बढी ध्यान देको देखिन थालेको छ । हरेक क्षेत्रमा कोरोनाले जरो गाडी रहेको अवस्थामा सरकारद्वारा कोरोनाबाट निको हुनेको संख्या बढी भन्दा बढी देखाई लकडाउन खोल्ने प्रयासमा रहेको प्रष्ट देखिन्छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । २४ घण्टामा ११६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या भने ७ हजार १६३ पुगेको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा चार हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।अहिले सक्रिय संक्रमितको संख्या भने एक लाख ११ हजार ५०९ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Comment