![]()
पिपुल्स न्युज/काठमाण्डौ : पछिल्लो समयमा तरकारी मूल्य पनि वृद्धि भएको छ ! गत वर्षको जेठ ८ को तुलनामा यो वर्षको जेठ ८ मा हरियो तरकारीको मूल्य पनि बढेको छ ! त्यो बेला पनि निषेधाज्ञाका कारण समयमा बजारमा जान नपाउँदा किसानले खेतमै तरकारी नष्ट गर्न बाध्य भएका थिए ! अत्याधिक उत्पादनका कारण सस्तो भएको तरकारी यो वर्ष भने महँगो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले जानकारी दिए ! उनकाअनुसार यो वर्ष तरकारीको उत्पादन निक्कै कम भएर बजारमा थोरै परिमाणमा आयो ! यसले गर्दा मूल्य बढेको उनको दाबी छ ! गत वर्षको जेठ ८ को तुलनामा यो वर्षको जेठमा प्रत्येक तरकारीमा प्रतिकिलो १० रुपैयाँदेखि २५ रुपैयाँसम्म मूल्यवृद्धि भएको महासंघले जनाएको छ !