कलाकार तथा निर्माता पिटर खालिङ्गद्वारा लक्डाउनको कारण समस्यामा परेकाहरुलाई राहत वितरण

Loading

पिपुल्स न्युज काठमाण्डौ/पिटर खालिङ्ग : कोरोना माहामारीबाट जनता मृत्युको मुखमा जाँदा पनि नेता मन्त्री आफनै स्वार्थ पुर्ति गर्न मै व्यस्त रही रहनेले गर्दा देशमा दिनुनादिन मृत्यु बरण गर्नेको संख्या बढदै गएको अवस्था तथा भोकभोकै रहेर आफनो ज्यान समेत फाल्नेको संख्या पनि उतिकै छ । तसर्थ हामी सबैलाई अबगत नै भएको हो हिजो आज मानिसहरु आफ्नै घर भित्रै बन्दा बन्दीको अवस्थामा दिनहरु बिताई रहेका छन । मानिसहरुलाई लक्डाउन नाम सुन्ने बित्तिकै डर त्रास र बेरोजगारिको आभास हुने गरेको छ । भनिन्छ हुनेखाने हरुको लागि लक्डाउन आराम गर्ने समय हो रे तर नहुने गरिब दुःखी हरुका लागि भने लक्डाउन अभिसाप भएर दैनिकी जिवनयापनमा प्रहार गरिरहेको छ ।

नेपालका पाटी र नेताहरु को प्रधानमन्त्री हुने, को मन्त्री हुने र कस्को सरकार बन्ने भन्ने स्वार्थमा मात्र होमिएको छ । यसै अवसरमा जनताको भोको पेटमा केही हद सम्म भए पनि राहतको अनुभव दिनकालागि कलाकार तथा निर्माता पिटर खालिङ्गद्वारा लक्डाउनको कारण घर बाहिर निस्केर काम गर्न नसक्ने गरिब दुखी र भोका परिवारहरुको घर घरमा गएर रासन पानीहरु उपलब्ध गराउनु भएको छ । २०७८ जेस्ठ ७ गते सुक्रबारका दिन कलाकार तथा निर्माता पिटर खालिङ्ग काठ्मान्डौ सिनामङ्गलको एक सुकुम्बासी बस्तिमा सहयोगको लागि आफ्नो गाडी भरी रासन पानी लिएर पुगेका थिए । उक्त सुकुम्बासी टोलमा भाडामा बस्ने एक दम्पती जो लक्डाउनको मारमा परेर छट्पटी रहेका थिए ।

श्रीमान बेरोजगार भएर बस्नुको पीडा त छदै थियो झन श्रीमती मनिता तामाङ्ग आँखा नदेख्ने एति हुँदा हुँदै पनि भर्खरै जन्मिएकी छ महिनाकी छोरीको हेरबिचारमा समेत ध्यान दिन नसकेको नाजुक अवस्थाले जो कसैको मन पगाल्न सक्दथ्यो । श्रीमती मनिता तामाङ्ग पशुपतिमा मागेर भए पनि जीवन गुजरा गरि रहेकी थिईन भने श्रीमान पशुपती मै घाट्मा काम गर्ने गर्दथे। लक्डाउनको बन्दा बन्दिको कारण उनिहरु एक हप्ता देखि पेट भरी खाना खानु पाएका थिएनन । यी दुई श्रीमान श्रीमतिले जस्तो तसो आफ्ना भोको पेट सम्हाल्न सक्थे तर आमाले पर्याप्त खुराक खान नपाएकिले ती सानी छ महिनाकी शिशुले पर्याप्त दूध पाउन नसकेको पीडा छदै थियो । यो दर्दनाक पीडा पिटर खालिङ्गले पत्रकार गङ्गा लामाको च्यानल गुड टिभीमा देखेका थिए । आफ्नो मनलाई सम्हाल्न नसके पछि कलाकार निर्माता पिटर खालिङ्ग र गङ्गा लामा सहितको टिम भएर उक्त ठाउँमा गएर केही नगद पैसा सहित रासन पानीको सहयोग पिटर खालिङ्गद्वारा गरिएको थियो ।

पिटरद्वारा सहयोग सामाग्री हरु जस्तै. चामाल, दाल, तर्कारीहरु, आमालाई प्रोटिन, बच्चाको निम्ति प्रोटिन खुराक, नुन, तेल, साबुनहरु आदि ईत्यादिहरु० । सथै अर्को घरमा रहेकी एकल बृद्द महिला सुर्य माया गुरुङ्ग जो ६८ बर्स कि हुन उनी पनि यहि लक्डाउनको पिडामा छट्पटी रहेकी थिईन । दुई बर्स अगाडि बाटोमा हिडि रहेको अवस्थामा अचानक लड्न पुगि खुट्टामा चोट लागि आज सम्म बैसाखी टेकेर हिड्नु परेको र औषधि उपचार गर्ने पैसा पनि नभएको र आज सम्म कोहि पनि आफन्त र सहयोगी नभेटेकोले गर्दा जिउदो लास भएर बस्नु परेको दुख पीडा पिटर खालिङ्ग र गङ्गा लामालाई पोखेकी थिईन । उनी थप भावुक हुँदै भन्छिन जवान मान्छेहरु कोरोनाले लगे नानी तर मै बुडिलाई चै कोरोनाले पनि लगेको छैन किन होला । आफन्तहरुले त भुले भुले मलाई त काल ले पनि भुले जस्तो छ भन्दै आँसु झार्दै आफ्नो दुख पोखेकी थिइन । पिटर खालिङ्ग ले ६८ बर्स कि एकल आमा सुर्य माया गुरुङ्गलाई पनि रासन पानी र केही नगद पैसाको सहयोग गर्नु भएको थियो । उक्त सहयोग लिने बेला आमा सुर्य मायाका आखाबाट आँसु झर्न रोकिएको थिएन । यो अवस्था देखेर सबै जना भावुक भएका थिए ।

1 thought on “कलाकार तथा निर्माता पिटर खालिङ्गद्वारा लक्डाउनको कारण समस्यामा परेकाहरुलाई राहत वितरण”

Leave a Comment