![]()
People’s News/Birgunj/ : शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने अक्सिमिटर दोब्बर मूल्यमा बिक्री गरेका एक व्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा एक हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको प्रहरीमा उजुरी पुगेको थियो । 
सूचनाको आधारमा शुक्रबार साँझ साढे ५ बजे प्रहरी टोलीले तिवारीको पसलबाट १२ थान अक्सिमिटर बरामद गरेको थियो ।तिवारीलाई नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जनाए । कोरोनाको दोस्रो चरण उरालो लाग्दै गरेको अवस्थामा मास्क, सेनिटाइजर, अक्सिमिटर जस्ता उपकरणमा अचाक्ली मूल्यवृद्धि भएको गुनासो बढ्दो छ ।