कोरोना भाइरस नेपालः काठमाण्डौ उपत्यकामा मृतकको संख्या बढेपछि शवदाहगृह र घाटमा बढयो चाप

Loading

People’s News :  नेपालमा कोभिड-१९ पुष्टि हुने र कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्या47852ङ्कमा सर्वाधिक दैनिक सङ्क्रमण र मृत्यु भएको विवरण छ । पहिला कोभिड-१९ भएर मृत्यु भएका व्यक्तिको पार्थिव शरीरलाई विद्युतीय शवदाहगृहमा जलाइने गरेकोमा शवको सङ्ख्या ह्वात्तै बढेपछि वाग्मती नदीको किनारमा चिता बनाएर परम्परागत रूपमा जलाउन थालिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार शवदाहगृहमा भएका तीन वटामध्ये दुइटा उपकरण मात्र अहिले प्रयोगमा छन् । तेस्रो उपकरणको मर्मत हुँदै गरेको र चौथो जडान गर्ने योजना भएको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रमा सोमवार ३७ वटा, आइतवार २६ वटा शनिवार २३ वटा र शुक्रवार १६ वटा शवको अन्तिम संस्कार गरिएको थियो । मृतकको सङ्ख्या बढ्न थालेपछि अन्तिम संस्कारको कामका लागि आवश्यक जनशक्ति बढाइएको विकास कोषले जनाएको छ । गत वर्षदेखि नै कोभिड-१९ का कारण मृत्यु हुँदा शव व्यवस्थापन गर्न नेपाली सेना देशभरि नै परिचालित छ ।

Leave a Comment