कोरोना भाइरस नेपाल: निषेधाज्ञाको अवधि थप

Loading

People’s News : काठमाण्डू उपत्यकाका तीन जिल्लामा एक साताका लागि लगाइएको निषेधाज्ञालाई अझ कडा बनाउँदै विस्तार गर्न लागिएको अधिकारीहरूले बताएका छन् । थप गरिने कडाइका आदेशबारे काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको र बुधवार साँझसम्म त्यसबारे औपचारिक घोषणा गरिने भनिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि गत वैशाख १६ गते बिहान ६ बजेबाट वैशाख २२ गते मध्यरातसम्म लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार केही क्षेत्रहरूलाई थप सीमित गर्दै आवतजावतलाई थप नियन्त्रण गर्ने गरी एकदेखि डेढ सातासम्म निषेधाज्ञालाई विस्तार गर्न लागिएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ गर्ने सरकारको योजना भएको सङ्केत दिएका थिए । सङ्क्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने भन्दै उनले “एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाहअनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको” बताएका थिए ।

कुनकुन क्षेत्रमा थप कडाइ गरिँदैछ ? : प्रमुख जिल्ला अधिकारी पराजुली भन्छन्, “अत्यावश्यकबाहेक अरू कार्यालयका कर्मचारीहरूको आवतजावत रोक्ने, ब्याङ्क, वित्तीय संस्था र सहकारी संस्थाका कर्मचारीहरूको आवश्यकबाहेक आवतजावतलाई पनि नियन्त्रित गर्ने र बिहान बेलुका जुन दुईवटा समयमा बजारहरू खुलिरहेका थिए त्यसलाई पनि एक समय मात्रै खुला गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ । अहिलेको व्यवस्था बुधवारसम्म लागु छ । तीनवटै जिल्लाले एकै खालको मापदण्ड बनाउनुपर्ने भएकाले हामी छलफल गरिरहेका छौँ। तर बिहीवारबाट हामी यी नयाँ कडाइका मापदण्डहरू लागु गर्छौँ । प्रहरीले जथाभाबी निस्केका मानिसहरूलाई जरिवाना गर्न थालिसकेको उल्लेख गर्दै उनले नयाँ व्यवस्था लागु भएपछि अनावश्यक हिँडडुलमा थप कडाइ गरिने बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार काठमाण्डौ उपत्यकामा आवतजावत रोक्ने हिसाबले आफूहरूले योजना बनाइरहेको बताए । उनले भने, हामीले उपलब्ध गराएका सवारी पासहरू २२ गतेबाट धेरै नियन्त्रण गर्दैछौँ । अहिलेसम्म व्यापार, रकम सङ्कलनका कुरा केही सहज गरिएको अवस्था छ । तर अब हामी हरेक ब्याङ्कका शाखाहरूले दुईवटा मात्रै गाडी चलाउन पाउने व्यवस्था गर्दैछौँ ।  मन्त्रालय र विभागहरूले न्यूनतम कतिवटा गाडी चलाउने हो त्यसको लागि सुरुमै सूची दिनुपर्ने भन्ने हिसाबमा छलफल भइरहेको छ । हामी एउटा निष्कर्ष निकाल्छौँ । उनले आपूर्ति र विकास निर्माणसँग सम्बन्धित सवारी साधनहरू चल्ने तर अहिले बढी देखिएका सञ्चारमाध्यम, ब्याङ्क र सरकारी कर्मचारीका सवारी साधनको आवतजावत नियन्त्रण गरिने जनाए ।

निषेधाज्ञाअघि र पछि सङ्क्रमणको अवस्था कस्तो छ ? वैशाख १६ गते निषेधाज्ञा लागु हुनुभन्दा एक दिनअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डू उपत्यकाका तीनवटै जिल्लामा ५०० भन्दा बढी सङ्क्रमितहरू उपचारार्थ रहेको जनाएको थियो । कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च त्यस बेला २४ घण्टामा देखा परेका सङ्क्रमितको सङ्ख्या पाँच हजारमुनि थियो । तीमध्ये काठमाण्डौ उपत्यकामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या २,००० भन्दा बढी थियो । निषेधाज्ञा लागु गरिएपछि पनि नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ । सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार झन्डै साढे सात हजार जनामा सङ्क्रमण पुष्टि भएको देखिन्छ । तीमध्ये आधाजति राजधानीमा फेला परेका हुन् ।  निको भएपछि कोभिड बिरामीको सेवामै फर्किन्छु’

कारबाहीमा पर्नेको सङ्ख्या लगभग ११ हजार : गृह मन्त्रालयका अनुसार सोमवार साँझ ६ बजेसम्म देशका ३७ वटा जिल्लामा जिल्लाभरि लागु हुनेगरी कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधका आदेशहरू जारी गरिएका छन् । अरू आठ जिल्लामा निश्चित क्षेत्रमा मात्रै लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार निषेध उल्लङ्घन गर्ने १०,८०० जनाभन्दा बढीलाई कुल ११ लाख २७ हजार रुपैयाँभन्दा बढी रकम जरिवाना गराइएको छ । उनले नियमित निगरानी र गस्तीबाहेक स्वास्थ्य मापदण्डसम्बन्धी जनचेतना फैलाउन देशैभरि प्रहरी परिचालित भएको जानकारी दिए ।L

Leave a Comment