पूर्वरानी कोमल आईसीयूमा : PN Media

Loading

People’s News : कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई अहिले ‘हाई फ्लो अक्सिजन सपोर्ट’मा राखिएको नर्भिक अस्पतालले बताएको छ । शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि ‘हाई फ्लो अक्सिजन सपोर्ट’ मा उहाँलाई आईसीयूमा राखिएको छ,” अस्पतालका सञ्चार तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले बिहीवार बिहान भने । उनका अनुसार अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बेलुका नै पूर्वरानीलाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा शाह वैशाख ११ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए ।

अस्पतालका अनुसार पूर्वरानीको अवस्था भर्ना भएको पहिलो दिनदेखि नै अलि बिग्रेको थियो । अस्पातल भर्ना भएको पहिलो दिनदेखि नै पूर्वरानीलाई दैनिक अक्सिजनको सपोर्ट बढाउँदै लगिएको अस्पतालले जनाएको छ । उहाँ आउने बेला नै कमजोर अवस्थामा आउनुभएको थियो। त्यो दिन गाडीबाट ओर्लेर अस्पतालको भर्‍याङ चढ्ने बेला लड्नुभएको थियो। उहाँ लडेपछि पूर्वराजाले उठाउनुभएको थियो,” अस्पताल स्रोतले भन्यो ।

पूर्वराजा र छोरीको अवस्था कस्तो  ? : पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भर्ना भएको दिनदेखि नै अक्सिजनको सपोर्टमा राखिए पनि उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पूर्वराजाको हकमा जे थियो त्यसैलाई जारी गरिएको छ । उहाँको अवस्था सामान्य छ, बास्तोलाले भने । उनका अनुसार छोरी प्रेरणाको प्रेरणाको अवस्था भने एकदमै सामान्य छ । भर्ना भएको दिनदेखि नै उहाँलाई अक्सिजनको सपोर्ट दिनुपरेको छैन । भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको वैशाख ७ गते पुष्टि भएको थियो । 

पूर्वराजाका सहयोगी फणिराज पाठकका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका थिए । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते उनीहरू नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए । कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए । भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । नेपाल फर्किनुअघि पूर्वराजा शाहले नयाँदिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बीबीसीलाई बताएका थिए । हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो। savar

Leave a Comment