मृत्युदर बढिरहँदा थप शवदाह स्थलको खोजी : PN Media

Loading

People’s News : भारतको राजधानी दिल्लीका स्थानीय अधिकारीहरूलाई शवदाह गर्न सकिने थप नयाँ स्थान पहिचान गर्न त्यहाँको प्रहरीले आग्रह गरेको छ । भयानक रूपमा देखा परेको दोस्रो लहरबाट भारतको कैयौँ भाग प्रभावित भएको छ। यसले अस्पताल, शव गृह र शवदाह स्थलहरूमा ठूलो चाप परेको छ । बिहीवार कुल कोभिड बिरामी भएको सङ्ख्या एक करोड ८० लाख नाघेको छ । बिहीवार मात्रै थप तीन लाख ८६ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या संसारकै एउटा मुलुकमा एकदिनमा सङ्क्रमण भएको सबभन्दा बढी सङ्ख्या हो । बिहीवार दिल्लीमा मात्रै ३९० जनाभन्दा बढीको ज्यान गएको थियो । यो महामारी शुरू भएयताकै सर्वाधिक मृत्यु सङ्ख्या हो । शहरको मृत्यु सङ्ख्या मुख्यत: कोभिडसँग सम्बन्धित छ र स्थान अभावका कारण मानिसहरूले आफ्ना प्रियजनहरूलाई कोभिड पीडितका लागि बनाइएकाभन्दा अन्यत्र नै शवदाह गर्नु परिरहेको छ, एनडीटीभी न्यूज च्यानललाई एकजना वरिष्ठ प्रहरी अधिकारीले बताए । त्यसै कारणले हामीले सरकारलाई थप शवदाह स्थल पहिचान गर्न भनेका हौँ । भारतमा अक्सिजन, औषधि र अस्पतालका शय्याको अभाव भइरहेको छ । मानिसहरू आफ्ना प्रियजनका लागि त्यस्ता अत्यावश्यक वस्तुका लागि सामाजिक सञ्जालमा याचना गरिरहेका छन् । भारतको केन्द्रीय सरकारले महामारी मच्चिएका बेला चुनावी र धार्मिक कार्यक्रम जारी राख्न दिएको भन्दै व्यापक आलोचना खेपिरहेको छ ।

तर स्वास्थ्यमन्त्रीले बिहीवार सरकारको बचाउ गर्दै भारतमा मृत्युदर संसारकै न्यूनतम रहेको र अक्सिजन उपलब्धता ‘पर्याप्त’ रहेको बताएका छन् । मन्त्री हर्ष वर्धनले एएनआई समाचार एजेन्सीलाई अब अक्सिजन ‘धेरै स्रोतहरूबाट उपलब्ध गराइएको’, विदेशबाट पनि ल्याइएको र तिनको भण्डारणस्थल निर्माण भइरहेको बताए । विज्ञहरू लकडाउन लगाउनु र खोप लगाउनु मात्रै समाधान गर्ने उपाय भएको बताइरहेका छन् । गत शनिवारदेखि भारतमा १८ वर्ष माथिका सबैले खोप लगाउन पाउने व्यवस्था गरिएको छ । संसारकै सबभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने मुलुक भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब ८० करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन ।

कैयौँ राज्यहरूले खोपको अभाव भएको बताइरहेका छन् । दुई करोड जनसङ्ख्या भएको भारतको आर्थिक राजधानी मुम्बईमा खोप भण्डारण कम हुँदै गएकाले तीन दिनका लागि उसको खोप कार्यक्रम स्थगित गरेको त्यहाँको सरकारी निकायले विज्ञप्ति मार्फत जनाएको छ । मुम्बईका लागि महानगरीय आयुक्त अश्विनी भिडेले ट्विटरमा जनाए अनुसार अहिले भण्डारमा रहेको खोप ४५ वर्ष माथिका लागि छुट्टाइएको छ । savar

Leave a Comment