![]()
पिपुल्स न्युज : नेपालमा विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २,३६५ जना र एन्टिजन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा देशभरिका प्रयोगशालाबाट १०,००१ नमुनाको पीसीआर र ४४७ जनाको एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयले जारी गरेको विवरणमा जनाइएको छ । काठमाण्डू उपत्यकाभित्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाण्डूमा ९८७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १२,६९० रहेको सरकारले जनाएको छ । अहिले देशभरि कोभिड भएका १७० बिरामी आईसीयूमा रहेका र तीमध्ये ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीवार अपराह्णसम्म थप तीन जनाको कोभिडका कारण मृत्यु भएको विवरण प्राप्त भएको छ । अहिलेसम्म नेपालमा कोभिडका कारण मृत्यु भएको पुष्टि हुनेको सङ्ख्या ३,११७ पुगेको छ । गत वर्ष महामारी सुरु भएदेखि कोरोनाभाइरस पुष्टि भएका बिरामीमा मृत्युदर १.०७ प्रतिशत भएको सरकारी तथ्याङ्कले देखाउँछ ।
Visitor Rating: 99%