बिद्यालयबाट कोरोना संक्रमण झन बढने हुँदा बैसाख मसान्त सम्म बिद्यालय बन्द गर्न निर्देशन

Loading

पिपुल्स न्युज : कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने, अति प्रभावित ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नु पर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको जनाईएको छ । स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस सीसीएमसीले गरेको जनाएको छ । ….

0 thoughts on “बिद्यालयबाट कोरोना संक्रमण झन बढने हुँदा बैसाख मसान्त सम्म बिद्यालय बन्द गर्न निर्देशन”

Leave a Comment