कोभिड नेपाल : कोरोना भाइरसको डबल म्यूटन्ट भेरिअन्टु आगोमा घ्यू थपिए सरह

Loading

पिपुल्स न्युज : नेपालमा पनि कोरोनाभाइरसको निकै सङ्क्रामक प्रकार “डबल म्यूटन्ट भेरिअन्ट” भेटिएको पुष्टि भएपछि स्वास्थ्यविद्‌ तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन् । बुधवार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोनाभाइरसको उक्त प्रकार भेटिए । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका पाँचवटा नमुना हङ्‌कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएको हो । त्यसबाहेक बुधवारसम्म नेपालमा यूके भेरिअन्ट १५८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

के हो डबल म्युटन्ट भेरिअन्ट ? : भाइरसविज्ञ डा. लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ । यसले भाइरसलाई फाइदा पुर्‍याउने र मान्छेलाई हानि पुर्‍याउने हुन्छ,” त्यसको चरित्रबारे उनले थपिन् । विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात्‌ उत्परिवर्तित प्रकारहरू देखा परिरहेका छन् । भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोनाभाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भएको छ । नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । अभिभावकको अन्योलः ‘विद्यालय पठाउँदा कोभिड हुने डर, घरमै बसे बिग्रिने डर ‘

नेपालका लागि कति चिन्ताको विषय हो ? : भाइरसविद् र जनस्वास्थ्यविद्‌ र चिकित्सकहरूले नेपालमा पनि दोहोरो उत्परिवर्तन भएको समेत नयाँ कोरोनाभाइरसका नयाँ प्रकारहरू फेला पर्नु सुखद सङ्केत नभएको बताएका छन् । पछिल्लो समय नेपालमा पनि सङ्क्रमित मानिसको सङ्ख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला बताउँछन् । नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो,” उनले भने । सङ्क्रमण फैलिने दर पनि उच्च देखिएकोले नेपालमा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि हुनु चिन्ताको विषय भएको धारणा डा. लुना भट्ट शर्माको पनि छ ।

किन कोभिड खोपबीच तुलना गर्न मिल्दैन ? : अर्को कुरा यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी-सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ,” उनले औँल्याइन् । यसको अर्थ कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि सङ्क्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरू बताउँछन् । डा. लुना भट्ट शर्माका अनुसार डबल म्यूटन्ट भेरिअन्टबारे अर्को चिन्ताको विषय भनेको सङ्क्रमण भएपछि त्यसले छिट्टै सिकिस्त बनाउनु हो ।

शैक्षिक संस्थाहरू बन्द गर्ने कि नगर्ने ? : नियन्त्रण तथा रोकथामका उपाय के छन् ? जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको डा. बास्तोला सुझाउँछन् । साथै मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड तथा जमघट नगर्नुपर्नेमा उनी जोड दिन्छन् । त्यसबाहेक भाइरसको विस्तार नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमितको सम्पर्क र संसर्गमा आएका मानिस पत्ता लगाउनु धेरै महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन् । सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा कन्ट्याक्ट ट्रेसिङ त एकदमै महत्त्वपूर्ण छ। अब डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएकै भक्तपुरका ती व्यक्तिबाट कतिलाई सङ्क्रमण भइसकेको होला,” उनले थपिन् । जनस्वास्थ्यविद्‌हरूले परीक्षणको दायरा पनि बढाउनुपर्नेमा जोड दिइरहँदा अहिले दैनिक सरदर चार हजारदेखि पाँच हजारवटा मात्र पीसीआर परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । L

Leave a Comment