![]()
पिपुल्स न्युज : कैलाश माझी/सप्तरी : २० गते शुक्रबार सप्तरी, सप्तकोशी नगरपालिका वडा न १ फत्तेपुर मा अवस्थित श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा २/३ का ३९ जना विद्यार्थीहरुलाइ सप्तकोसी न पा १ निवासी हाल राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ घोराहीमा फाइनान्स मेनेजर प्रथम श्रेणीमा कार्यरत श्री कैलाश प्रसाद देवज्यूको आर्थिक सहयोगमा रास्ट्रिय माबि स्कुलका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री लेखनाथ घिमिरेको अध्यक्षतामा एक कार्यक्रम गरि । रु ३०,०००/- बराबरको बिध्यालय पोशाक (पाइन्ट र सर्ट) बितरण गरिएको छ । भने उक्त कार्यक्रममा निम्न अतिथिहरु पनि सहभागी भएका थिए जस्मा कार्यक्रमको अध्यक्ष बिधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री लेखनाथ घिमिरे थियो भने कार्यक्रमको प्रमुख अतिथिमा स न पा उप प्रमुख आशा चौधरी, बिशिस्ट अतिथिमा, स न पा वडा न १ वडाध्यक्ष नारायण प्रसाद आचार्य र दाता श्री कैलास प्रसाद देव को भाइ स न पा १ निवासी प्रमोद प्रसाद देव, अतिथि पि टि ए अध्यक्ष सुशील आचार्य थियो भने उक्त कार्यक्रमको उदघोषण स न पा १ निवासी हरेराम बिष्टले गर्नुभएको थियो ।

दाता श्री कैलाश प्रसाद देव। वहालाइ कोरोना ( covid 19 ) लागेको थियो सो कारण उहाले रु १ लाखको बिमा गर्नु भएको थियो। र सो बिमा बापतको रकम बाट कक्षा २ र ३ मा अध्ययनरत जम्मा ३९ जना विद्यार्थीका लागि निशुल्क सर्ट र पाइन्ट बितरणर गर्नुभएको थियो । कुनैपनी सामाजिक संस्था र समाज बिच गहिरो एब्म पारस्परिक सम्बन्ध हुनुपर्छ। एक अर्काले एक अर्काकोआवश्यकता पूरा गर्नु पर्छ । यसो गरेमा समग्र समाज को इच्छा चाहना र आवस्यकता अवश्य पनि पूरा हुन्छ, र समाज को एक अग्रज बौद्धिक ब्यक्तित्व श्री कैलास प्रसाद देव ज्यूको यश परोपकारी अतुलनीय योगदानको कार्य प्रती वहालाइ रास्ट्रिय मा बि बिद्यालय परिवारले धन्यवाद ज्ञापन गर्दै नगरका उप प्रमुख आशा चौधरीको हात बाट उहाको अतुलनीय योगदानको सम्मान स्वरुप कदर पत्र प्रदान गर्दै उक्त कार्यक्रम समापन गरिएको थियो ।